२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण

२०७४, २१ बैशाख बिहीबार ०७:२३

बैशाख २१, नवलपरासी । स्थानीय तहको निर्वाचन हुने नवलपरासीको प्रदेश नं ४ मा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिइएको छ । 

निर्वाचन हुने चार वटा नगरपालिकामा र चार वटा गाउँपालिकामा खटिने २२८ जना मतदान अधिकृत र २२८ जना सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिइएको हो । 

आठ वटै स्थानीय तहमा निर्वाचन गराउन खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन लक्षित प्रशिक्षण दिइएको मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिनुभयो । 

पहिलो चरणमा नगरपालिकातर्फ गैँडाकोट, देवचुली, कावासोती र मध्यबिन्दुमा निर्वाचन हुने छन् भने गाउँपालिकातर्फ बुलिङटार, बुङदीकाली, हुप्सेकोट र विनयी त्रिवेणीमा निर्वाचन हुँदैछ । 

निर्वाचन लागि नवलपरासी जिल्लाको प्रदेश नं ४ मा पर्ने ती आठ वटा स्थानीय तहका लागि करिब एक हजार कर्मचारी खटाइने तयारी गरिएका मुख्य निर्वाचन अधिकृत केसीले भनाइ छ । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार यस जिल्लामा पहिलो चरणको निर्वाचन हुने क्षेत्रमा २२८ वटा मतदान केन्द्र रहने छन् । नवलपरासीमा हाल सात नगरपालिका र आठ गाउँपालिका रहेका छन् । जसमा स्थानीय तह अनुसार ती नगरपालिका तथा गाउँपालिकामा कुल १६६ वटा वडाको सङ्ख्या रहेका छन् । त्यहाँबाट कुल आठ सय ९७ जना जनप्रतिनिधि चयन हुँदै छन् । 

नवलपरासीमा आसन्न स्थानीय तहको निर्वाचनमा नगरसभातर्फ छ सय पाँच जना र गाउँसभातर्फ दुई सय ९२ जना जनप्रतिनिधि चयन हुने जिल्ला निर्वाचन कार्यालयका नायब सुब्बा चूडाविक्रम शाहीले जानकारी दिनुभयो । 

नवलपरासीमा कुल तीन लाख ६९ हजार आठ सय ९४ मतदाता सङ्ख्या रहेको छ । जसमध्ये पुरुष मतदाता सङ्ख्या एक लाख ८० हजार तीन सय १६ रहेको छ भने महिला मतदाता सङ्ख्या एक लाख ८९ हजार पाँच सय ९४ रहेको छ । 

यसैगरी आठ जना तेस्रोलिङ्गी मतदाताको सङ्ख्या रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यस जिल्लामा दुई सय ३२ मतदानस्थल र चार सय ८७ मतदान केन्द्र रहने छन् । नवलपरासीमा ३२ राजनीतिक दलले दल दर्ता छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर