बैशाख २२, काठमाडौँ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिन माग गर्दै विपक्षी दलहरुले अवरोध गरेपछि आजको व्यवस्थापिका–संसद्को दोस्रो बैठ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २२, काठमाडौँ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिन माग गर्दै विपक्षी दलहरुले अवरोध गरेपछि आजको व्यवस्थापिका–संसद्को दोस्रो बैठ"/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपक्षी दलहरुले अवरोध गरेपछि संसद् बैठक स्थगित

२२ बैशाख २०७४, शुक्रबार ०९:३६

बैशाख २२, काठमाडौँ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिन माग गर्दै विपक्षी दलहरुले अवरोध गरेपछि आजको व्यवस्थापिका–संसद्को दोस्रो बैठक स्थगित भएको छ । 

बैठक प्रारम्भ हुनासाथ सभामुख ओनसरी घर्तीले महाअभियोग प्रस्तावका प्रस्तावक नेपाली काँग्रेसका मीनबहादुर विश्वकर्मालाई प्रस्ताव प्रस्तुत गर्न समय दिएलगत्तै विपक्षी सांसदहरु आफ्नो स्थानबाट उठी प्रस्ताव फिर्ताको माग गर्दै वेल घेराउ गर्न पुगेका थिए । 

विपक्षीले नाराबाजी जारी राखेपछि सभामुख घर्तीले ‘संसदीय मूल्य, मान्यता र प्रक्रियाका बारेमा तपाईंहरुले ज्ञान राख्नुभएकै छ, प्रक्रियाको पालना गरौँ’ भनी आग्रह गर्नुभयो । तथापि विपक्षीले अवरोध जारी राखेपछि बैठक यही वैशाख २४ गते दिउँसो १: ०० बजेसम्मका लागि स्थगित गरियो । 

विपक्षीहरुले प्रस्तावक सांसद विश्वकर्मालाई रोस्टममा उक्लन लाग्दा घेराउ गरी त्यही रोकेका थिए । बैठक स्थगनको घोषणापछि घेराउ हाल्न गएका सांसद र विश्वकर्माले हात मिलाएको रमाइलो दृश्य पनि देखिएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता