२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उम्मेदवारी फिर्ता लिन धम्की दिने नेपाल कम्युनिस्ट पार्टीका तीन कार्यकर्ता पक्राउ

२२ बैशाख २०७४, शुक्रबार ०९:५०

बैशाख २२, चरिकोट । स्थानीय तहको निर्वाचनमा दोलखाबाट उम्मेदवार बनेकालाई उम्मेदवारी फिर्ता लिन धम्की दिने नेपाल कम्युनिस्ट पार्टी (विप्लव) संग आवद्ध तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

सदरमुकाम चरिकोटको एक चिया पसलबाट उनीहरुलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउपर्नेमा नेपाल कम्युनिस्ट पार्टी (विप्लव) दोलखाका इन्चार्ज अर्जुन योगी, जिल्ला सेक्रेटरी राजन धनुके र सचिवालय सदस्य सरोज न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रहरी नायब उपरीक्षक रवीन कार्कीले बताउनुभयो । 

निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न भएको पाइएकाले उनीहरुलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । प्रहरी नायब उपरीक्षक कार्कीले निर्वाचन बिथोल्नका लागि उम्मेदवारलाई धम्की दिने, पोस्टर टाँस्ने र सामाजिक सञ्जालमा निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरिएको बताउँदै निर्वाचन नसकिउन्जेलसम्म उनीहरुलाई छाड्ने सम्भावना नरहेको भन्नुभयो । 

आसन्न निर्वाचन नेपाल देश र नेपाली जनताका लागि मान्य नभएको भन्दै उनीहरुले उम्मेदवारी दिएकालाई फिर्ता लिन पत्राचारमार्फत धम्की दिएको प्रहरीको दावी छ । उम्मेदवारी फिर्ता नलिए जनकारबाही गरिनेसमेत पत्रमा उल्लेख गरिएको जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै