२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

गाउँपालिकामा एमालेबाट दुई जना बागि उम्मेदवार

२२ बैशाख २०७४, शुक्रबार ११:४२

दान बहादुर बुढा/बैशाख २२, मुगु । वैशाख ३१ गते हुन लागेको स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्य मंगलवार सकिएको छ ।

 जिल्लाको एक नगरपालिका, तिन गाउँपालिका र ४५ वडाका लागि राजनितिक दलहरुले उम्मेदवारको मनोनयन दर्ता गरेका छन । छायानाथ रारा नगरपालिकाका लागि प्रमुख र उप प्रमुख पदमा नेपाली काँग्रस र नेकपा माओवादी केन्द्रका तर्फबाट हरिजंग शाही र सुरबहादुर बुढाले मनोनयन दर्ता गराएका छन भने एमालेका तर्फबाट प्रमुखमा जितबहादुर मल्ल र उप प्रमुखमा सुन्तला रोकायाले उम्मेदवारको मनोनयन दर्ता गराएका छन ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पाटीका तर्फबाट धिरेन्द्रबहादुर कार्कीले प्रमुख पदमा उम्मेदवारी दिएका छन । त्यस्तै खत्याड गाउँ पालिकामा नेपाली काँग्रेसका तर्फबाट प्रमुखमा लोकेन्द्र थापा र उप प्रमुखमा सरिता रोकायाले उम्मेदवारको मनोनयन दर्ता गराएका छन । नेकपा एमालेका तर्फबाट प्रमुखमा उब्जन बहादुर शाही र उप प्रमुखमा जयानन्दा रोकायाले उम्मेदवारको मनोनयन दर्ता गराएका छन । 

दुवै पदमा बागि उम्मेदवारी मनोनयन दर्ता भएका छन । नेकपा एमालेबाट प्रमुख र उप प्रमुखको उम्मेदवारको टिकट नपाएपछि अम्मराज शाही र राजबहादुर शाहीले सुरुमा नै स्वतन्त्र उम्मेदवारका रुपमा गाउँ पालिकाको प्रमुख पदमा मनोनयन दर्ता गरेको बताईएको छ । नेकपा माओवादी केन्द्रको तर्फबाट प्रमुखमा विर्खबहादुर थापा र उप प्रमुखमा जुनदेवी शाहीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन । 

सोरु गाउँ पालिकामा काँग्रेसबाट प्रमुखमा लोकबहादुर शाहीले मनोनयन दर्ता गराएका छन भने एमालेबाट प्रमुखमा धर्मबहादुर शाही र उप प्रमुखमा राज्यलक्ष्मी मल्ल, माओवादी केन्द्रबाट प्रमुखमा पुरनबहादुर शाही र उप प्रमुखमा विष्णुदेवी देवकाटाले उम्मेदवारको मनोनयन दर्ता गराएका छन । 

मुगुम कार्मारोङ गाउँ पालिकामा काँग्रेस र माओवादी केन्द्रका तर्फबाट प्रमुखमा छिरिङक्याप्ने लामा र उप प्रमुखमा ईटोल लामाले उम्मेदवारी दर्ता गराएका छन । एमालेका तर्फबाट प्रमुखमा सोनाम लामाले प्रमुखमा मनोनयन दर्ता गराएका छन । 

सदरमुकाम बाहिर सञ्चार सम्पर्क त्यति राम्रो नभएकाले विस्तृत विवरण आउन बाँकि रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । विस्तृत विवरण बुधबारसम्म आई पुग्ने कार्यालयको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य