नेकपा माओवादी केन्द्र कुनपा ८ चुवाको यस्तो छ (पूर्णपाठ सहित)

Posted on: 06 May, 2017

नेकपा माओवादी केन्द्र कुनपा ८ले आफ्नो घोषणा पत्र सार्वजानिक गरेको छ र घोषणा पत्रमा चुवाको विकास र आर्थिक निकासका लागि विभिन्न महत्वकाक्षि योजनाहरु तयार पारीएका छन् । युवा नेता विजय प्रकाश सापकोटा को नेतृत्वमा प्यानल खडा गरेको माओवादी केन्द्रले चुवाको विकासको लागि यस्तो घोषणा पत्र तयार पारेको छ ।


घोषणापत्र आदरणीय जनसमुदाय,

नेपाली जनताको लामो त्याग बलिदान र संघर्षबाट आज मुलुकमा संघीय गणतन्त्र, धर्मनिपेक्षता, समावेशिता, समानुपातिक लोकतन्त्र लगायत महत्वपूर्ण युगन्तकारी उपलब्धीहरु हासिल भएका छन्. । ठूलो राजनीतिक संघर्षपछि माओवादी केन्द्रले एकात्मक राज्यव्यवस्थालाई परास्त गर्दै सिंहदरबारमा केन्द्रित अधिकार जनताको घरदैलोमा ल्याएको छ । जनताको दैलामो आएको सिंहदरबारको अधिकारलाई कार्यान्वयन गर्न नेपालको इतिहासमै पहिलो पटक बैशाख ३१ गते हुदैछ । हामीले कस्तो दल र उम्मेदवार चुन्छौं ? त्यसलेनै हाम्रो भाग्य र भविश्य निर्धारण गर्नेछ । कुनपा ८ अत्यन्तै धेरै सम्भावना बोकेको वडा हो । उर्जा, पूर्वधार, विकास, कृषि, पर्यटन आदी क्षेत्रमा चुवा नेपालको सबल र सम्पन्नशाली सावित गर्ने सक्ने अबसर हाम्रो सामु छ ।  आदरणीय चुवाबासी आमाबुवा दाजुभाई तथा दिदीबहिनीहरुमा विकास, समृद्धि, रोजगारी र स्थानीय (वडा) कानून तर्जुमा सम्बन्धमा निम्न प्रतिद्धा गर्दछौं ।

१) सेवा प्रवाह ः  सेवा प्रवाह गर्ने संस्था तथा कार्यालयहरु सवैको पायक हुने गरी व्यवस्था गर्ने वडा कार्यालय, स्वास्थ्य चौकी, वडा प्रहरी कार्यालय लगायत नयाँ स्थापित कार्यालयहरु सवैको सहज पहुँचमा हुने व्यवस्था मिलाइनेछ ।  जस्तै ( वडा कार्यालय मंगोलदय मावि र स्वास्थ्यचौकीको आसपासमा राख्ने व्यवस्था 

२) शुसासन तथा भ्रष्टाचार नियन्त्रण ः देश संघीय दाँचामा प्रवेश गरेकोले केन्द्र, प्रान्त वा स्थानीय तहविच सन्तुलन र सहकार्य कायम गर्नुपर्ने र समाजको युगिन परिर्वतनको यो घडीमा        राजनीतिक स्थायित्व कायम गरेर देश तथा समाजलाई तिब्र गतिमा सामाजिक न्याय सहितको आर्थिक विकास र समृद्धिको दिशमा डो¥याउनुपर्ने आवश्यक मध्यनजर गर्दै स्थानीय तहका सम्पूर्ण कार्यसम्पादनलाई पूर्ण पारदर्शी तथा सुन्य भ्रष्टाचार सहनशिलतालाई अबलम्बन  गरिनेछ ।

साविक चुवा गाविस हाल कुनपा ८ चुवाको विकास निर्माण  लगायत अन्य कार्यको आयव्यय तीन महिनाभित्र सार्वजानिक गरिनेछ । चुवामा निर्वाचनपछि निरन्तर ६÷६ महिनामा सार्वजानिक सुनुवाइ गरिनेछ । साथै हरेक विकास निर्माणमा सामाजिक परिक्षण  सुनुश्चित गरिनेछ । योजना छनोट कार्यन्वयन र लेखा परिक्षण कार्यमा समेत नागरिकको संलग्नता सुनुश्चित गरिनेछ । 

३)  उर्जा ः जलविद्युत रोयल्टीको ठूलो हिस्सा चुवामै ल्याउने बातवरण तय गरी विकास निर्माणलाई गतिशिलता प्रदान गरिनेछ  । चुवामा प्रशस्त जलविद्युत आयोजनाहरुको विकास भएको छ  र केहि निर्माणधिन क्रममा पनि छन् । उक्त आयोजनामा काम गर्ने श्रमिकहरु स्थानीय जनताहरुको क्षमता अनुसार शेयर लगानी गर्ने प्रबन्ध मिलाइनेछ । एक बर्षभित्र चुवा क्षेत्रमा रहेका विद्युतका पुराना र काठका पोललाई फलामे पोलद्धारा विस्थापित गरिनेछ ।

४) भौतिक पूर्वधार तथा विकास निर्माण ः रिङरोडमा व्यवस्थीत नाली सहित गुणस्तरीय कालोपत्रे गर्नुको साथै आवश्यक दुरीमा विजुली बत्तीको व्यवस्था गरिनेछ ।

विषेश गरी साविक चुवा १,२  र ३ मा बाह्ैमास सहज रुपमा सवारी साधन आवातजावत गर्ने व्यवस्था गरी बाटोको स्त्तरोन्ती गरिसक्ने, साथै तीन बर्षभित्र चुवाका सवै ग्रामिण बाटोहरुलाई कालोपत्रे गरिनेछ । 

खानेपानी ः विशेषगरी साविक चुवा ३, ६, ७, ८ र ९ मा तत्तकाल आवश्यक खानेपानीको सहज आपूत्तिको व्यवस्था मिलाइनेछ । २ बर्षभित्र सम्पूर्ण चुवामा एक घर एक धाराको नीति अबलम्बन गरिनेछ ।

सिचाई ः विगत २ बर्षदेखि दयनीय बनेको सुन्दरखोला आहलडाँडा अम्बोट राम्चे सिचाई कुलो तत्तकाल मर्मत सम्भार र स्तरोन्ती गरी सहज रुपमा सिचाई हुने व्यवस्था मिलाइनेछ ।

मराङसीङ सिचाई कुलो मर्मत सम्भार तथा स्तरोन्ती गरिनेछ । जमलधारी बैडो बाँझा सम्मको कुलोलाई व्यवस्थीत र स्तरोन्ती गरिनेछ ।  झाँक्रीसल्ला वडारे हुदै घारीपुग्ने पक्की कुलो निर्माण गरिनेछ । साथै यसका सहायक कुलाहरुको समेत स्तरोन्ती गरिनेछ । 

https://scontent.fktm1-1.fna.fbcdn.net/v/t1.0-0/p526x296/

विकास निर्माण  चुवासिल्मी, चुवा गिज्यान(पकुवा, पकुवाको लागि झोपु निर्माणको लागि केन्द्र सरकारसँग उच्च स्तरमा पहल गरी आवश्यक काम कारवाही अगाडि बढाइनेछ ।

भवन ः  स्थानीय तह मातहतमा हुने नयाँ कार्यालय भवन नागरिकको सेवा र सुविधा हुने स्थानमा निर्माण गर्न पहल गरिनेछ । तीन बर्षभित्र चुवामा सार्वजानिक सभाहलको निर्माण गरिनेछ ।

५) शिक्षा ÷सूचनाः चुवामा रहेका तीन वटा सामुदायिक तथा सरकारी विद्यालयको शैक्षिक,भौतिक अबस्थाका सुधार गरी कक्षा १ देखि प्राविधिक र अंग्रेजी माध्यमबाट अध्यनअध्यापन गराउने नीति लिइने छ । मंगलोदय मावि, हर्राचौ प्रावि, मरासिङ प्राविमा सुविधा सम्पन्न भवन निर्माणका साथै खेलकुद मैदानको विस्तार गरिनेछ । साथै शैक्षिक गुणस्तरको लागि निरन्तर अनुगमन तथा नियगमन  गरिनेछ ।

सूचना प्रविधिको विकास गरी प्रत्येक विद्यलायमा इ लाइब्रेरीको व्यवस्थाका साथै संचार गृहको स्थापना गरिनेछ । युवाहरुलाई निशुल्क संचार र प्रविधिको तालिमको व्यवस्था     गरिनेछ । जनताको घरघरमा निशुल्क इन्टरनेटको आधुनिक इन्टरनेट सेवा प्रदायक संरचना स्थापना गरिनेछ । दलित तथा विपन्न परिवारका विद्यार्थीहरुलाई आधारभूत तहसम्म निशुल्क पोशाक, शैक्षिक सामाग्रीको प्रबन्ध मिलाइनेछ । वडा अध्यक्ष लगायत अन्य निजामति कर्मचारी, शिक्षकशिक्षिकाका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक तथा सरकारी विद्यालयमा अध्यान गराउनको लागि बाध्यात्मकारी नीति अबलम्बन गरिनेछ । परादी, अम्बोट, दोविल्ला लगायत क्षेत्रका विद्यार्थीहरुको लागि नियमित विद्यालय सहज रुपमा आवतजावतका लागि स्कुल बसको व्यवस्था मिलाउन आवश्यक कदम चालिनेछ ।

६) खेलकुद ः नगरपालिका स्तरीय खेलकुद मैदान सहजरुपमा बन्ने सरकारी जग्गा नभएको हुदाँ  सकेसम्म भौगोलिक रुपमा सहज हुने घारीको चौर खरिद गरी खेलकुद मौदानको व्यवस्था मिलाउन आवश्यक पहल गरिनेछ ।

वडास्तरको खेलकुद मैदानको लागि मराङसिङ र आहालडाँडा सहज देखिने हुदाँ सो स्थानमा एक बर्षभित्र गुणस्तरीय खेलकुद मैदानको निर्माण गरिनेछ । 

७) स्वास्थ्य ः  स्वास्थ्यचौकीको स्तरोन्ती गरी जिल्ला स्वास्थ कार्यालयबाट प्राप्त हुने सेवा र सुविधा सरहको सेवा प्रवाह गर्ने नीति अबलम्बन गरिनेछ । प्रसुती गृह संचालनको लागि तीन बर्षभित्र आवश्यक पूर्वधार निर्माण गरिने छ ।

हरेक ३÷३ महिनामा विशेषज्ञबाट स्वास्थ्य शिविर संचालन गर्ने व्यवस्था मिलाइनेछ । महिलाको पाठेघर, स्तनक्यान्सर, स्त्रीरोग सम्बन्धी विशेष सुविधा र योजना तय गरिनेछ ।

८) कृषि ः  कृषिलाई अर्थतन्त्रको प्रमुख आधारका रुपमा ग्रहण गर्दै यसको व्यवसायी र                आधुनिकरणलाई केन्द्रमा राखेर उपयुक्त कृषि नीति तर्जुमा गरिनेछ । पराम्परागत निर्वाह मुखि खेती प्रणालीलाई निरुत्साहित गर्दै साना कृषकहरुलाई सहकारीमा संगठित भएर व्यवसायीक खेती गर्न प्रोसाहित  गरिनेछ । जमिनलाई महत्वपूर्ण उत्पादनको साधनका रुपमा स्थापित गर्दै बाँझो जमिन राख्नेलाई  बन्देज लगाइनेछ ।

कृषकहरुलाई आवश्यक कृषिजन्य बस्तुहरु सहकारी मार्फत सहजरुपमा उपलब्ध गराइनेछ । जस्तै विउविजन, कृषि औजार, रसायनिक मल आदी  । जैविक र प्रराङ्गीक मलको प्रयोगलाई प्रोत्साहन गरिनेछ । 

कृषि उपजहरुको बजार व्यवस्था, भण्डारनको लागि कृषि सडक र सित भण्डारहरुको निर्माणमा विशेष ध्यान दिइनेछ । किसानहरुलाई उनीहरुको उत्पादनको न्यूनतम सर्मथन मुल्य ग्यारेण्टी     गरिनेछ । कृषि विमा र पशु विमा कार्यक्रमलाई प्रभावकारी ढंगले लागू गरिनेछ ।

व्यवसायी कृषि तथा पशुपालन पेशा गर्नेलाई आवश्यक अनुदानको व्यवस्था मिलाइनेछ । किसानहरुलाई निशुल्क सर्वसुलभ प्राविधिक सेवा उपलब्ध गराइनेछ । कृषि मजदूरहरुको न्यूनतम ज्याला तोकि समयसमयमा अनुगमन गरिनेछ ।

हर्राचौरमा आधारभूत कृषि प्राविधिक शिक्षालय तीन बर्षभित्र आवश्यक भौतिक संरचना निर्माण     गरी संचालनमा ल्याइनेछ । कृषि पेशलाई आकर्षक र मर्यादित बनाई युवाहरुलाई यस प्रति आकर्षण गर्न कृषि पेशाबाट अबकाश पश्चायत् सामाजिक सुरक्षाको ग्यारेण्टी गर्न (किसान पेन्सन कोष) को व्यवस्था गर्न आवश्यक कदम चालिनेछ ।

कृषि पेशमा प्रत्यक्ष संलग्न कृषकहरुलाई किसान परिचय पत्रको व्यवस्था गर्ने नीति ल्याइनेछ । जसबाट राज्यद्धारा प्रदान हुने सेवा सुविधा प्राप्त गर्न सहज हुनेछ । साथै भूमिहिन र गरिब किसानलाई जमिन किन्न चाहेमा खरिद गर्ने जमिनलाई धितो राखी न्यून व्याजदरमा दश बर्षमा सहुलितमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाइनेछ ।

९) कानून ः सम्पत्ती कर, रष्जिटेशन शुल्क, भुमि कर, मालपोत कर आदी बर्गिय रुपमा तल परेका नागरिक मैत्री बनाई हालको पनि घटाइनेछ । बेरोजगार तथ्याङ्क निर्वाचन भएको मितिबाट तीन महिनाभित्र संकलन गरी सक्ने साथै व्यरोगारी समस्या समधान गर्ने आवश्यक व्यवस्था मिलाई रोजागर सिर्जना गर्नेको लागि आवश्यक कदम चालिनेछ ।

सहकारीलाई नागरिक मैत्री बनाउन आवश्यक समन्वय, सहकार्य र नियगमन गरिनेछ । स्थानीय कार्यपालिकामा मनोनित सदस्य चुवाबाटै सुनुश्चित गरिनेछ । वडा प्रहरी कार्यालयबाट नियमित गस्तीको व्यवस्था गरि शान्ति सुव्यवस्था कायम गरिनेछ ।

सुर्तीजन्य पदार्थ तथा मद्यपान पदार्थमा निश्चित ठाउँबाट मात्रै विक्रिवितरण गर्ने आवश्यक नीति ल्याइनेछ । साथै सार्वजानिक  स्थल, विद्यालयदेखि ५ सय मिटरभन्दा नजिक विक्रिवितरण तथा प्रयोग गर्नको लागि पूर्ण बन्देज गर्ने नीति ल्याइनेछ ।

१०) महिला, बालबालिका, दलित, जेष्ठनागरिक, अपाङता, उत्पीडित वर्ग ः महिला, एकल महिला दलित, उत्पीडित, अपाङ्गता आदी व्यक्तिहरुलाई सहकारीमार्फत प्रत्येक ६÷६ महिनामा रोजगारमुलक  उद्यमशील तालिमको व्यवस्था मिलाइनेछ । दलित उत्थानको लागि शसक्तिकरण नियमित कार्यक्रम संचालन गरिनेछ ।

श्रमिक र श्रम लिनेविच सौहार्दपूर्ण सम्बन्ध निर्माण गर्दै श्रमिकहरुको हक अधिकार संरक्षणमा विशेष ध्यान दिइनेछ । बर्गिय रुपमा पछाडि परेका परिवार, महिला, बालबालिकाहरुका लागि विशेष सामाजिक सुरक्षा व्यवस्था गर्नुको साथै न्यायिक समितिका  कामकारवाहीमा महिला र बालबालिकाको अनुकुलता सुनुश्चित गरिनेछ । साथै छुवाछुत निरुपणको लागि विशेष कार्यक्रम संचालन गर्दै मेलमिलाप नीति अपाइनेछ ।

जेष्ठ नागरिकहरुले देश र समाजलाई गरेको योगदानको कदर गर्दै राज्यले दिदै आएको मासिक भत्तामा बृद्धि गर्न र उमेरको हद ६५ बर्ष  कायम गर्न पहल गरिनेछ । जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य उपचारको लागि समयसमयमा घरदैलो कार्यक्रमको व्यवस्था गरिनेछ ।

जेष्ठ नागरिकहरुको विशिष्ट क्षमता , अनुभव र सिपको सदुपयोग गर्न विशेष कार्यक्रमको तर्जुमा गरिनेछ । अपाङ्गता भएका व्यक्तिहरुलाई निशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था गरिनेछ । उनीहरुलाई रोजगारको विशेष व्यवस्था गरिनेछ । सम्पूर्ण उत्पीडित क्षेत्र तथा बर्गमा हुने हिंसाको मुद्धा हेर्न फासटूयाक न्यायिक समिति व्यवस्था गरिनेछ ।

११) प्रबद्र्धनात्मक (बन वताबरण, समुदाय, संस्कृति, विज्ञान) ःयस क्षेत्रमा हरियाली प्रबद्र्धन       गरी स्वस्थ वतावरण कायम गर्न बन संरक्षणमा विशेष ध्यान दिइ वृक्षारोपण कार्यक्रम नियमति संचालन गरिनेछ । सामुदायिक बन समुहलाई उत्पादनसंग जोड्न विशेष कार्यक्रम ल्याउने जस्तै चुवाका   सामुदयिक बनहरुमा  लप्सी खेती, अलैची , कफी खेती लगायतको राम्रो सम्भावना भएकोले सामुदायिक बन समुदाय र सहकारी र युवा स्वरोजगार कार्यक्रम मार्फत सम्पूर्ण उपभोक्ता तथा विशेष गरी युवा बर्गलाई व्यवसायीक विकासद्धारा अधितम सदुपयोग गर्न विशेष जोड दिइनेछ ।

वातावरण संरक्षणका लागि प्लाष्टिक जन्य पदार्थमा कडाई गरिनेछ । प्लाष्टिकको विकल्पमा जुट वा विशेष प्रकारको कागजको प्रयोगमा जोड दिइनेछ । हरियाली बने नेपालको धन मुल नारालाई आत्मासाथ गरी बृक्षारोपण गर्ने, बन डढेलो नियन्त्रणको लागि अग्निरेखा, पानी पोखरी निर्माण आदी । मठमन्दिर गुफा लगायत अन्य धार्मिक तथा संस्कृतिहरुको संरक्षण सम्बद्र्धन प्रर्वद्धन मार्फत पर्यटकलाई आकर्षण गर्न आवश्यक पहल गरिनेछ । 

स्थानीय स्तरका अनुसन्धान आविष्कार क्षमतालाई प्रर्वद्धन र प्रष्फुटन गर्न स्वायत् आविष्कार केन्द्रहरुको स्थापना र संचालन गर्न पहल गरिनेछ । साथै सम्पूर्ण नागरिकहरुमा प्रविधिको पहुँच विस्तारमा जोड दिइनेछ ।

१२) उद्योग तथा व्यापार ः उद्योग वित्तीय संस्था स्थापना र प्रर्वद्धनको लागि माथिल्लो तह नीजि सहकारी क्षेत्रहरुसँग समन्वयन गर्ने, साथै यहाँको कृषि उत्पादन व्यवस्थापनको सुनुश्चित गर्ने 

घरेलु तथा साना उद्योगलाई प्रथामिकता दिइनेछ । महिला युवा तथा साना उद्यमी व्यवसायहरुलाई युवा स्वरोजगार कोष मार्फत कर्जा प्रवाह गरी राष्टिूय औद्योगिकरणको आधार विस्तार गर्न सहयोग गरिनेछ ।

स्थानीय साना उद्योगलार्ए प्रर्वद्धन गर्न कुनपा ८ चुवाका सरकारी कार्यालय, विद्यालयमा तथा संस्था आदीमा स्थानीय उत्पादन अनिवार्य रुपमा प्रयोग गर्ने नीति लिइनेछ । वडा कार्यालय सहकारी र विभिन्न संस्थानको सहकार्यमा विभिन्न उद्यमशिल तालिमको हरेक तीनतीन महिनामा दिइने व्यवस्था मिलाइनेछ ।

आदरणीय जनसमुदायहरु,

उल्लेखीत प्रतिज्ञा कार्यान्वयनका लागि नेकपा माओवादी केन्द्र चुवा वडा अध्यक्ष विजयप्रकाश शर्मा सापकोटा, महिला सदस्य दुर्गा दर्जि, दलित महिला सदस्य सीता परियार, खुल्ला सदस्य टिकाराम पोख्रेल र सेते दमाईको प्यानललाई अत्याधिक बहुमतले विजयी गराऔं । हाम्रो प्यानल विजयी हुदाँ पाउने सेवा सुविधा नलिने घोषणा गर्दछौं । उक्त सेवा सुविधा चुवाकै विकासको लागि प्रयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गर्दछौं ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!