ताराबहादुर महत । बैशाख २४, दोलखा । नेकपा एमालेको तर्फबाट भिमेश्वर नगरपालिकाको प्रमुखका उम्मेद्वार भरत केसीले आफुले मेयरको जिम्मेवारी पाएपछि भ्रष्ट्राचारप्रति शुन्य सहनशीलताको निति लिएर नगरमा सुशासन कायम गर्ने प्रतिबद्धता जनाउनु भएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । बैशाख २४, दोलखा । नेकपा एमालेको तर्फबाट भिमेश्वर नगरपालिकाको प्रमुखका उम्मेद्वार भरत केसीले आफुले मेयरको जिम्मेवारी पाएपछि भ्रष्ट्राचारप्रति शुन्य सहनशीलताको निति लिएर नगरमा सुशासन कायम गर्ने प्रतिबद्धता जनाउनु भएको छ । 

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

भिमेश्वर नगर प्रमुखका एजेण्डा आर्थिक समृद्धि देखि हिन्दु राष्ट्र बनाउने सम्म

२४ बैशाख २०७४, आईतवार ११:१९

ताराबहादुर महत । बैशाख २४, दोलखा । नेकपा एमालेको तर्फबाट भिमेश्वर नगरपालिकाको प्रमुखका उम्मेद्वार भरत केसीले आफुले मेयरको जिम्मेवारी पाएपछि भ्रष्ट्राचारप्रति शुन्य सहनशीलताको निति लिएर नगरमा सुशासन कायम गर्ने प्रतिबद्धता जनाउनु भएको छ । 

तन्नेरी चासोको सहयोगमा जवाफदेहिताका लागि गौरीशंकर युवा समुह (जिज्ञासा), दोलखाले आज चरिकोटमा आयोजना गरेको उम्मेद्वार डिवेट कार्यक्रममा उम्मेद्वार केसीले नगरपालिकाको आर्थिक समुन्नतिका लागि पर्यटकीय विकास र चरिकोटलाई शैक्षिक गन्तव्य बनाउने बताउनु भएको छ । त्यसैगरी उहाँले वैदेशिक रोजगारीमा गएका नगरबासीहरुबाट केहि रकम संकलन गरी नगर विकास कोष खडा गर्ने र उक्त रकम जलविद्युत लगायतका उत्पादनशील क्षेत्रमा लगानी गराएर आर्थिक उपार्जन गराउने पनि बताउनुभएको छ ।

 त्यसैगरी माओवादी केन्द्र र नेपाली काङ्ग्रेसको तर्फबाट नगर प्रमुखको उम्मेद्वार बन्नु भएका काङ्ग्रेस नेता इश्वरनारायण मानन्धरले आफूले मेयरको जिम्मेवारी पाएमा नगरभित्रका यातायात, खानेपानि र पुन निमार्णसँग सम्बन्धित सबै समस्याको हल गर्ने बताउनु भएको छ । एक अर्को प्रसङ्गमा उम्मेद्वार मानन्धरले अब आर्थिक क्रान्तिको बाटोमा लाग्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट नगर प्रमुखकी उम्मेद्वार देवकी बुढाथोकीले आफुले मेयरको जिम्मेवारी पाएमा नगरभित्रको खानेपानीको समस्या हल गर्ने बताउनुभएको छ । त्यस्तै उहाँले संवैधानिक राजतन्त्र र नेपालमा हिन्दु धर्मको रक्षा गर्ने पनि बताउनुभएको थियो ।

कार्यक्रममा मेयरका उम्मेद्वार वक्ताहरुले जसले चुनाव जिते पनि नगरको समृद्धिका लागि एक जुट भएर अघि बढ्ने बताएका छन् ।

नगर विकासको उत्कृष्ट योजना भएको उम्मेद्वारलाई मतदान गर्ने र भावी मेयरलाई नगर विकासप्रति जवाफदेही बनाउने उद्धेश्यले डिवेट कार्यक्रम आयोजना गरिएको जिज्ञासा, दोलखाका उपाध्यक्ष गणेश बुढाथोकीले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता