बैशाख २४, नवलपरासी । नवलपरासीको स्थानिय चुनावमा बालबालिका प्रयोग गरिएको पाईएको छ ।
चुनावी प्रतिस्पर्धामा जनशक्ति प्रदर्शन गर्न शिर्षदल लगायत विभिन्न दलहरुका उम्मेदवारहरुले बालबालिकाहरुको प्रयोग गरेको पाइएको छ । बालबालिकाहरुलाई टिर्सट, झण्डा, टोपी र खाजाको प्रलोभन देखाई घरदैलो अभियानमा बालबालिका प्रयोग गरेको स्थानियले आरोप लगाएका । निर्वाचन आयोगले स्थानिय चुनावमा बालबालिका प्रयोग नर्गन आचारसंहिता बनाएपनि दलका उम्मेदवारहरुले बढि जनसंख्या देखाउन बालबालिकाहरुको प्रयोग गरेको स्थानियको आरोप छ ।
यसरी जिल्लाको गंैडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र बुंिदकालि, हुप्सेकोट, बुलिंगटार, त्रिवेणी बिनयी गाउँपालिकाहरुमा उम्मेदवारहरुले अधिकांश बालबालिकाहरु प्रयोग गरिरहदा निर्वाचन कार्यालय एवं यसको सम्बन्धित निकाय भने मौन बसेको छ ।
बालबालिकाहरुलाई कुनै पनि तथा उम्मेदवारले चुनावी अभियानमा प्रयोग गर्न नपाईने दलहरुको प्रतिबद्धता रहेपनि दलहरुले सो प्रतिबद्धता बिर्सिएर झनै बालबालिका प्रयोग गरेका स्थानयले आरोप लगाए ।