बैशाख २४, नवलपरासी । स्थानिय तहको चुनावमा जनशक्ति प्रदर्शन गरि विपक्षि दलसंग प्रतिस्पर्धा गर्न ठुला दलहरु दैनिकि एक लाख भन्दा बढि खर्चिने गरेका अनुमान गरिएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख २४, नवलपरासी । स्थानिय तहको चुनावमा जनशक्ति प्रदर्शन गरि विपक्षि दलसंग प्रतिस्पर्धा गर्न ठुला दलहरु दैनिकि एक लाख भन्दा बढि खर्चिने गरेका अनुमान गरिएक"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा चुनावी होडबाजीले दलहरुको दैनिक लाख भन्दा बढि खर्च

२४ बैशाख २०७४, आईतवार १४:१८


बैशाख २४, नवलपरासी । स्थानिय तहको चुनावमा जनशक्ति प्रदर्शन गरि विपक्षि दलसंग प्रतिस्पर्धा गर्न ठुला दलहरु दैनिकि एक लाख भन्दा बढि खर्चिने गरेका अनुमान गरिएको छ । दलहरुले विपक्षि दलहरुको चुनाव अभियानलाई फितलो बनाउन विभिन्न चुनावी तरिका अपनाउदै प्रतिस्पधर्मा उत्रिएपछि उम्मेदवारहरुको दैनिकि खर्च लाख नाघ्न थालेको छ ।

निर्वाचन आयोगले नगरपालिको मेयर तथा उपमेयरलाई ४ लाख ५० हजार र वडा अध्यक्ष सहित अन्य पदका लागि २ लाख र गाउँपालिकाको प्रमुख तथा उपप्रमुखलाई ३ लाख ५० हजार र वडा अध्यक्ष र अन्य पदका लागि १ लाख ५० हजार रुपिया मात्र खर्च गर्न पाउने सिमा निर्धारण गरेपनि उम्मेदवारहरुको चुनावी हाडबाजीले खर्च सिमा नाघेको पाइएको छ ।  


जिल्लाकोे हाईवेक्षेत्र गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र त्रिवेणी बिनयी गाउँपालिकामा शिर्ष दल नेपाली कांग्रेस, नेकपा एमाले र माओबादीको तिनकोणिय प्रतिस्पर्धाले यो क्षेत्रमा अरु क्षेत्रभन्दा चुनावी खर्च बढेको प्रष्ट देख्न पाईन्छ । 


जिल्लामा नवलपुर क्षेत्रमा पहिचालो चरणको निर्वाचनमा ४ नगरपालिका र ४ गाउँपालिका गरि ८ स्थानिय तहको निर्वाचन हुदैछ । नगरपालिका तथा गाउँपालिका प्रमुख उम्मेदवारहरुले जनता तथा प्रतिस्पर्धि उम्मेदवारमा आफनो प्रभाव पार्न चुनाव चिन्ह छापको टिसर्ट, रुमाल, टोपी छपाई गरि गाउँगाउँ बजार बजारमा कार्यकर्ता तथा सर्वसाधरणलाई बाडने गरेका छन् भने पार्टीको झण्डा छपाई गरि घर-घर चोक-चोकमा झुण्डाएका छन् । 


त्यति मात्र होईन घरदलो अभियानमा जनशक्ति प्रदर्शन गर्दा कार्यकर्ताहरुलाई विहान, दिउसो, साँझको खानाखाजा र चुनावी प्रचार प्रसारमा प्रयोग गरिएका दर्जनों सवारी साधन, मोटरसाईकल, साउण्ड बक्सको भाडा र ईन्धन समेतको खर्च व्यहोर्दा उम्मेदवारहरुको खर्च लाख भन्दा बढि बढेको पाइएको छ । खास गरि खानाखाजा र टिर्सर्ट झण्डा र पेटोलमा बढि खर्चिने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता