बैशाख २६, सल्यान । सल्यानमा चुनाव प्रचारप्रसारका क्रममा लडेर एक उम्मेदवारको मृत्यु भएको छ ।
कुमाख मालिका गाउँपालिका– १ मा नेपाली काँग्रेसबाट वडा सदस्यमा उम्मेदवारी दिनुभएका दलबहादुर राणाको मंगलबार मृत्यु भएको हो ।
चुनाव प्रचारप्रसारका क्रममा लडेर घाइते भएका राणाको उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको प्रहरीले जनाएको छ ।