ताराबहादुर महत । बैशाख २७, दोलखा । दोलखा जुँगुका एमालेका कार्यकर्ता कुल  बहादुर तमाङको हत्या आरोपमा उनका बाबु गोरे तमाङले माओवादी नेता गंगा कार्की, माओवादी नेतृ तथा पूर्व राज्य मन्त्री देवी खड्का, माओवादी नेता विशाल खड्का लगाएत ३९ जनाको नाममा आज कर्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । बैशाख २७, दोलखा । दोलखा जुँगुका एमालेका कार्यकर्ता कुल  बहादुर तमाङको हत्या आरोपमा उनका बाबु गोरे तमाङले माओवादी नेता गंगा कार्की, माओवादी नेतृ तथा पूर्व राज्य मन्त्री देवी खड्का, माओवादी नेता विशाल खड्का लगाएत ३९ जनाको नाममा आज कर्त"/>
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा एमाले कार्यकर्ता हत्या आरोपमा माओवादी नेतामाथि कर्तव्य ज्यान मुद्धा दर्ता

२७ बैशाख २०७४, बुधबार १३:२७

ताराबहादुर महत । बैशाख २७, दोलखा । दोलखा जुँगुका एमालेका कार्यकर्ता कुल  बहादुर तमाङको हत्या आरोपमा उनका बाबु गोरे तमाङले माओवादी नेता गंगा कार्की, माओवादी नेतृ तथा पूर्व राज्य मन्त्री देवी खड्का, माओवादी नेता विशाल खड्का लगाएत ३९ जनाको नाममा आज कर्तव्य ज्यान मुद्धा दर्ता गरेका छन् ।

गएराति जुँगुको निलकण्ठेश्वर मावि नजिक एक होटलमा खाना खाई रहेको अवस्थामा माओवादी नेता देवी खड्का लगाएतको नेतृत्वमा पुगेको माओवादी कार्यकर्ताको समूहले तमाङको हत्या गरेको थियो । हत्याको विरोधमा आज एमाले दोलखाले सदरमुकाम चरिकोटमा विरोध ¥याली समेत निकालेको थियो ।

यसैबिच एमाले कार्यकर्ता तामाङ हत्या आरोपमा गौरीशंकर गाँउपालीका जुँगुका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । गएराती एमाले कार्यकर्ता कुल  बहादुर तमाङको हत्यामा संलग्न रहेको आरोपमा माओवादी केन्द्रका ८ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्र्रहरी निरिक्षक प्रेम सागर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार हत्यामा संलग्नहरु अन्यको व्यापक खोजी भई रहेको छ । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नम्बर २ जँुगु रेशमडाँडामा नेकपा माओवादी केन्द्रका नेताको उपस्थितिमा एमाले कार्यकर्ता कुलबहादुर तामाङलाई निर्घात कुटपिट गर्नुका साथै  खुकुरी प्रहार गरी हत्या गरिएकोे थियो । हिजोे बेलुकी जँुगुको नीलकण्ठेश्वर माध्यमिक विद्यलय छेउको खाजा घरमा नेकपा एमालेका १५÷१६ जना कार्यकर्ता दिन भरको चुनावी प्रचारको विश्लेषण गर्न बसिरहेका बेला आक्रमण गरिएको थियो । नेकपा माओवादी केन्द्रकी पोलिटब्यूरो सदस्य एवं दोलखा इन्चार्ज पूर्वराज्यमन्त्री देवी खड्काको नेतृत्वमा ५०÷६० जनाको समूहले १७ राउण्ड हवाई फायरिङसहित आक्रमण गरेको थियो । घट्नामा स्थानिय दिलबहादुर बुढाथोकी घाईते भएको र उनको काठमाडौँमा उपचार भईरहेको एमाले दोलखाले जनाएको छ ।

आरोपि पुर्व राज्य मन्त्री खड्काले भने एमाले कार्यकर्ताले आफूलाई आक्रमण गरेपछि प्रतिरक्षामा दोहोरो झडप हुँदा घटना भएको प्रतिक्रिया दिएकी छिन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता