बैशाख २८, नवलपरासी । पहिलो चरणको स्थानिय तहको निर्वाचनमा नवलपरासीको नवलपुर क्षेत्रमा हाल कायम भएको ८ वटा स्थानिय तहको निर्वाचन हुदै छ जुन तहहरु निर्वाचन क्ष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख २८, नवलपरासी । पहिलो चरणको स्थानिय तहको निर्वाचनमा नवलपरासीको नवलपुर क्षेत्रमा हाल कायम भएको ८ वटा स्थानिय तहको निर्वाचन हुदै छ जुन तहहरु निर्वाचन क्ष"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

यस्तो छ नवलपरासीको स्थानीय चुनावी आंकडा

२०७४, २८ बैशाख बिहीबार १२:४८


बैशाख २८, नवलपरासी । पहिलो चरणको स्थानिय तहको निर्वाचनमा नवलपरासीको नवलपुर क्षेत्रमा हाल कायम भएको ८ वटा स्थानिय तहको निर्वाचन हुदै छ जुन तहहरु निर्वाचन क्षेत्र नं. १, २ र ३ मा फैलिएका छन् । 

सो क्षेत्रमा गंैडाकोट, देवचुली, कावासोती, मध्यविन्दु गरि ४ वटा नगरपालिका र बुलिङ्गटार, बुङ्गिदकाली, हुप्सेकोट र बिनयी गरि ४ वटा गाउँपालिका छन् ।

नवलपरासीको निर्वाचन क्षेत्र नं.१ नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको क्षेत्र भएको हुनाले त्यो क्षेत्र कांग्रेसको पकड भएको क्षेत्र मानिएको छ भने २ नं. क्षेत्र नेकपा एमालेको क्षेत्रको रुपमा चिनिन्छ जसबाट सांसद जिवन श्रेष्ठले कांग्रेसका पुर्व सभापद महेन्द्र जिसीलाई पराजीत गरेका थिए । त्यस्तै क्षेत्र नं ३ मा पनि एमालको सांसद कृष्ण पौडेलले जितेपनि ३ नं. क्षेत्र कांग्रेस र एमाले दुईटैको पडक भएको क्षेत्र हो ।

निर्वाच क्षेत्र न. १ मा पर्ने गैडाकोट, देवचुली नगरपालिका र बुलिङ्गटार गाउँ पालिका डा. कोईरालाको क्षेत्र र कांग्रेसको गढभएकै कारण यस क्षेत्रमा कांग्रेसका उम्मेदवारले जित्ने पक्का पक्की छ जबकी यस क्षेत्रमा एमाले मुख्य प्रतिस्पर्धी रहने बताइएको छ । 

त्यस्तै निर्वाच क्षेत्र नं. २ मा पर्ने कावासोती नपा र केहि भाग मध्यविन्दु नगरपालिका हो भने बुङ्गिदकाली र हुप्सेकोट गाउँपालिका पर्दछ । कावासोती नगरपालिकामा कांग्रेस र नेकपा एमालेको कडा प्रतिस्पर्धा हुने अनुमान छ । कावासोतीमा कांग्रेसको उम्मेदवार निकै लोकप्रिय र क्रियाशिल भएको कारण कांग्रेसले बाजी मार्ला स्थानियको अनुमान छ ।

त्यस्तै हुप्सेकोट पनि कांग्रेसको पडक भएको गाउँपकालिकाले कांग्रेसको भागमा पर्ने आंकलन गरिएको छ भने बुङ्गिदकाली गापा र मध्यविन्दु नपामा एमालेको बर्चस्वका कारण कांग्रेस संगको प्रतिस्पर्धामा एमाले निस्के सम्भावना देखिएको छ ।

 त्यस्तै विनयी गाउँपालिकामा कांग्रेस र एमालेको कडा प्रतिस्पर्धा छ जसकारण को निस्किने भन्ने यकिन भैसकेको छ  । चुनाव भैरहेको ति ८ वटै स्थानिय तहको प्रमुख उपप्रमुख पदमा कांग्रेस र एमाल मुख्य प्रतिस्पर्धी रहने छन् भने माओबादी केन्द्र, राप्रपा, नयाँशक्ति गबन्धनले केहि वडाहरु फुत्काउन सक्ने सम्भावना देखिएको छ । 

चुनावमा जनता भोट हाल्न आतुर संगै चुनावको रिजल्ट पनि हेर्न आतुर छन् । दोश्रो चरणको निर्वाचनमा परासी क्षेत्र अर्थात निर्वाच क्षेत्र नं. ४,५ र ६ मा हुने छ जसमा रामग्राम, सुनवल बर्दघाट नगरपालिका र पाल्ही नन्दन, सरावल, प्रतापपुर, कुडिया गाउँपालिकको निर्वाचन हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै