बैशाख २८, नवलपरासी । पहिलो चरणको स्थानिय तहको निर्वाचनमा नवलपरासीको नवलपुर क्षेत्रमा हाल कायम भएको ८ वटा स्थानिय तहको निर्वाचन हुदै छ जुन तहहरु निर्वाचन क्ष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख २८, नवलपरासी । पहिलो चरणको स्थानिय तहको निर्वाचनमा नवलपरासीको नवलपुर क्षेत्रमा हाल कायम भएको ८ वटा स्थानिय तहको निर्वाचन हुदै छ जुन तहहरु निर्वाचन क्ष"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

यस्तो छ नवलपरासीको स्थानीय चुनावी आंकडा

२८ बैशाख २०७४, बिहीबार १२:४८


बैशाख २८, नवलपरासी । पहिलो चरणको स्थानिय तहको निर्वाचनमा नवलपरासीको नवलपुर क्षेत्रमा हाल कायम भएको ८ वटा स्थानिय तहको निर्वाचन हुदै छ जुन तहहरु निर्वाचन क्षेत्र नं. १, २ र ३ मा फैलिएका छन् । 

सो क्षेत्रमा गंैडाकोट, देवचुली, कावासोती, मध्यविन्दु गरि ४ वटा नगरपालिका र बुलिङ्गटार, बुङ्गिदकाली, हुप्सेकोट र बिनयी गरि ४ वटा गाउँपालिका छन् ।

नवलपरासीको निर्वाचन क्षेत्र नं.१ नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको क्षेत्र भएको हुनाले त्यो क्षेत्र कांग्रेसको पकड भएको क्षेत्र मानिएको छ भने २ नं. क्षेत्र नेकपा एमालेको क्षेत्रको रुपमा चिनिन्छ जसबाट सांसद जिवन श्रेष्ठले कांग्रेसका पुर्व सभापद महेन्द्र जिसीलाई पराजीत गरेका थिए । त्यस्तै क्षेत्र नं ३ मा पनि एमालको सांसद कृष्ण पौडेलले जितेपनि ३ नं. क्षेत्र कांग्रेस र एमाले दुईटैको पडक भएको क्षेत्र हो ।

निर्वाच क्षेत्र न. १ मा पर्ने गैडाकोट, देवचुली नगरपालिका र बुलिङ्गटार गाउँ पालिका डा. कोईरालाको क्षेत्र र कांग्रेसको गढभएकै कारण यस क्षेत्रमा कांग्रेसका उम्मेदवारले जित्ने पक्का पक्की छ जबकी यस क्षेत्रमा एमाले मुख्य प्रतिस्पर्धी रहने बताइएको छ । 

त्यस्तै निर्वाच क्षेत्र नं. २ मा पर्ने कावासोती नपा र केहि भाग मध्यविन्दु नगरपालिका हो भने बुङ्गिदकाली र हुप्सेकोट गाउँपालिका पर्दछ । कावासोती नगरपालिकामा कांग्रेस र नेकपा एमालेको कडा प्रतिस्पर्धा हुने अनुमान छ । कावासोतीमा कांग्रेसको उम्मेदवार निकै लोकप्रिय र क्रियाशिल भएको कारण कांग्रेसले बाजी मार्ला स्थानियको अनुमान छ ।

त्यस्तै हुप्सेकोट पनि कांग्रेसको पडक भएको गाउँपकालिकाले कांग्रेसको भागमा पर्ने आंकलन गरिएको छ भने बुङ्गिदकाली गापा र मध्यविन्दु नपामा एमालेको बर्चस्वका कारण कांग्रेस संगको प्रतिस्पर्धामा एमाले निस्के सम्भावना देखिएको छ ।

 त्यस्तै विनयी गाउँपालिकामा कांग्रेस र एमालेको कडा प्रतिस्पर्धा छ जसकारण को निस्किने भन्ने यकिन भैसकेको छ  । चुनाव भैरहेको ति ८ वटै स्थानिय तहको प्रमुख उपप्रमुख पदमा कांग्रेस र एमाल मुख्य प्रतिस्पर्धी रहने छन् भने माओबादी केन्द्र, राप्रपा, नयाँशक्ति गबन्धनले केहि वडाहरु फुत्काउन सक्ने सम्भावना देखिएको छ । 

चुनावमा जनता भोट हाल्न आतुर संगै चुनावको रिजल्ट पनि हेर्न आतुर छन् । दोश्रो चरणको निर्वाचनमा परासी क्षेत्र अर्थात निर्वाच क्षेत्र नं. ४,५ र ६ मा हुने छ जसमा रामग्राम, सुनवल बर्दघाट नगरपालिका र पाल्ही नन्दन, सरावल, प्रतापपुर, कुडिया गाउँपालिकको निर्वाचन हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता