ताराबहादुर महत । बैशाख २८, दोलखा । नेकपा एमाले दोलखाले आज विज्ञप्ती जारी गदै नेकपा माओवादी केन्द्रद्वारा हत्या गरिएका गौरीशंकर गाउँपालिका वडा नम्बर २ का एमाले कार्यकर्ता कुलबहादुर तमाङलाई शहिद घोषणा गर्न सरकारसंग माग गरेको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । बैशाख २८, दोलखा । नेकपा एमाले दोलखाले आज विज्ञप्ती जारी गदै नेकपा माओवादी केन्द्रद्वारा हत्या गरिएका गौरीशंकर गाउँपालिका वडा नम्बर २ का एमाले कार्यकर्ता कुलबहादुर तमाङलाई शहिद घोषणा गर्न सरकारसंग माग गरेको छ ।

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

जुँगु घटनाका मृतक एमाले कार्यकर्ता तामाङलाई शहिद घोषणा गर्न माग

२८ बैशाख २०७४, बिहीबार १३:२९

ताराबहादुर महत । बैशाख २८, दोलखा । नेकपा एमाले दोलखाले आज विज्ञप्ती जारी गदै नेकपा माओवादी केन्द्रद्वारा हत्या गरिएका गौरीशंकर गाउँपालिका वडा नम्बर २ का एमाले कार्यकर्ता कुलबहादुर तमाङलाई शहिद घोषणा गर्न सरकारसंग माग गरेको छ ।

नेकपा एमाले दोलखाका प्रचार विभाग प्रमुख धर्मेन्द्र मोक्तानद्वारारा जारी विज्ञप्तीमा नेपाल सरकारले तमाङलाई सहिद घोषणा गर्नुपर्ने, मृतकको परिवारलाई क्षतिपुर्तिको व्यवस्था गर्नुपर्ने, मृतक तमाङका छोरा र परिवारको पालनपोषण, स्वास्थ्य, शिक्षाको व्यवस्था गर्नुृपर्ने, घाइते गौरीशंकर गाउपालिका वडा नम्बर २ जुगुका दिलबहादुर बुढाथोकीको सम्पुर्ण उपचार खर्चको व्यवस्था गर्नुपर्ने माग गरिएको छ । स्थानीय तहको निर्वाचन नजिकिदै जादाँ जनताको मन जित्न नसक्ने निश्चित भएपछि नेकपा माओवादी केन्द्रले राजनीतिक बाटो छोडेर आतंकको साहारा लिन थालेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मंगलबार राती गौरीशंकर गाउँपालिका वडा नम्बर २ जुगुमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्यसहितका नेता कार्यकर्ताले खाना खाने होटलमा बसिरहेको अवस्थामा एमालेका युवा कार्यकर्ता कुलबहादुर तमाङको निर्ममतापुर्वक हत्या गरेको र शिक्षक एवम समाजसेवी दिलबहादुर बुढाथोकीलाई गम्भिर घाइते बनाएको विज्ञप्तीमा जनाइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता