बैशाख ३०, नवलपरासी । स्थानीय तहको सुरक्षा स्थितिलाई मध्यनगर गरी नवलपरासीमा पनि नेपाल–भारत सीमाअन्तर्गत त्रिवेणी नाका आज बिहानबाट बन्द (सिल) गरिएको छ । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ३०, नवलपरासी । स्थानीय तहको सुरक्षा स्थितिलाई मध्यनगर गरी नवलपरासीमा पनि नेपाल–भारत सीमाअन्तर्गत त्रिवेणी नाका आज बिहानबाट बन्द (सिल) गरिएको छ । 

<"/>
२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको नेपाल–भारत सीमा त्रिवेणी नाका बिहानबाट बन्द

३० बैशाख २०७४, शनिबार ०२:५९

बैशाख ३०, नवलपरासी । स्थानीय तहको सुरक्षा स्थितिलाई मध्यनगर गरी नवलपरासीमा पनि नेपाल–भारत सीमाअन्तर्गत त्रिवेणी नाका आज बिहानबाट बन्द (सिल) गरिएको छ । 

निर्वाचन सुरु हुनुभन्दा २४ घन्टा अघि नवलपरासीको त्रिवेणी नाका आज बिहान ७ बजेबाट सिल (बन्द) गरिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिनुभयो । 

दुई देशका सुरक्षा निकायका प्रमुखको भारतका विहारमा भएको दुई पक्षीय सुरक्षा निकायको बैठकपछि सो सहमति भएको स्थानीय प्रशासनले जनाएको छ । 

पहिलो चरणमा नवलपरासीको प्रदेश नं ४ मा मात्र निर्वाचन हुँदैछ । तसर्थ प्रदेश नं ४ मा पर्ने नाका त्रिवेणी नाकालाई मात्र सिल गरिएको हो । 

नेपाली सेनासहित दुई हजार सात सय सुरक्षाकर्मी 

स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न नवलपरासीमा चार सय ७५ जना नेपाली सेनासहित करिब दुई हजार सात सय सुरक्षाकर्मी परिचालन भएका छन् । 

पहिलो चरणको स्थानीय तहको निर्वाचन हुने नवलपरासी जिल्लामध्ये प्रदेश नं ४ मा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीलगायतका सुरक्षाकर्मी परिचालन भएका हुन् । 

जसअनुसार नेपाली सेना चार सय ७५, नेपाल प्रहरी आठ सय, सशस्त्र प्रहरी पाँच सय, नौ सयको सङ्ख्यामा म्यादी प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिनुभयो । 

पहिलो चरणमा नवलपरासीको प्रदेश नं ४ मा पर्ने नवलपुर क्षेत्रमा आठ वटा स्थानीय तहको निर्वाचन हुँदैछ । जसमा तीन वटा गाउँपालिका पहाडी क्षेत्रमा पर्दछन् भने चार वटा नगरपालिका र एक गाउँपालिका राजमार्ग क्षेत्रमा पर्दछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने