बैशाख ३१, काठमाडौं । दोलखाको मेलुङ गाउँपालिका अन्तर्गत पवटी मतदान केन्द्रमा कांग्रेस र एमालेबीचको झडप रोक्न प्रहरीले चलाएको गोली लागि एकजनाको मृत्यु भएको हो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ३१, काठमाडौं । दोलखाको मेलुङ गाउँपालिका अन्तर्गत पवटी मतदान केन्द्रमा कांग्रेस र एमालेबीचको झडप रोक्न प्रहरीले चलाएको गोली लागि एकजनाको मृत्यु भएको हो"/>
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोलखामा कांग्रेस र एमालेबीच झडप, प्रहरीको गोलीबाट एकको मृत्यु

२०७४, ३१ बैशाख आईतवार ०९:५८

 

बैशाख ३१, काठमाडौं ।  दोलखामा कांग्रेस र एमालेबीचको झडप रोक्न प्रहरीले चलाएको गोली लागि एकजनाको मृत्यु भएको छ ।

मेलुङ गाउँपालिका–१ को पवटीमा रहेको मतदान केन्द्रमा नेपाली कांग्रेस र माओवादी तथा एमालेका कार्यकर्ताबिच भएको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर एकजनाको ज्यान गएको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टले जानकारी दिए ।

झडपका क्रममा प्रहरीले चलाएको गोली लागि एकको मृत्यु भएको हो । कांग्रेस कार्यकर्ता नकुल भुजेलको मृत्यु भएको छ ।  झडपमा चार जना गम्भीर घाइते भएका छन् । उनीहरुको  थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी भैरहेको बताइएको छ । 

झडप नियन्त्रणमा लिनका लागि प्रहरीले पहिले अश्रु ग्यास प्रहार गरेको तर मतपेटीका नै जफत गर्न थालेपछि प्रहरीले हवाई फायर गरेको उनले बताए । चुनावअघि भएको झडपमा माओवादी कार्यकर्ताको आक्रमणमा परी एमाले कार्यकर्ताको मृत्यु भएपछि दोलखा तनावग्रस्त भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै