दलसिंह गिरी/जेठ १, कालिकोट । हिजो आइतवार साझ ५ बजेपछि विप्लव नेतृत्वको नेकपाले नरहरीनाथ गाउपालिका वडा नं. ६ मा रहेको नन्दादेवी मावि सेरपाटा मतदान केन्द्रमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/जेठ १, कालिकोट । हिजो आइतवार साझ ५ बजेपछि विप्लव नेतृत्वको नेकपाले नरहरीनाथ गाउपालिका वडा नं. ६ मा रहेको नन्दादेवी मावि सेरपाटा मतदान केन्द्रमा"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कालिकोट झडपमा घाइते भएका वडा अध्यक्ष उम्मेदारको मृत्यु

१ जेष्ठ २०७४, सोमबार ०३:४१


दलसिंह गिरी/जेठ १, कालिकोट । आइतवार साँझ ५ बजेपछि विप्लव नेतृत्वको नेकपाले नरहरीनाथ गाउँपालिका वडा नं. ६ मा रहेको नन्दादेवी मावि सेरपाटा मतदान केन्द्रमा गरेको आक्रमण पछिको झडपमा परि गम्भिर घाइते भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका वडा अध्यक्ष उम्मेदार धनरुप बटालाको ज्यान भएको छ । 

झडपको क्रममा हुललाई नियन्त्रण गर्न प्रहरीले चलाएको गोलीबाट गम्भिर घाइते भएका बटालाको समयमै उपचार हुन नसकि राति १ बजेतिर मृत्यु भएको हो । झडपमा परी २ सुरक्षाकर्मी र अन्य ३ जना पनि गम्भिर घाइते भएका छन् । 

घाइते हुनेमा नेकपा माओवादी केन्द्रका ब्यासी वि.क. राप्रपाका दान बहादुर बटाला, कुल बहादुर बटाला रहेका छन् उनीहरुलाई आज विहानै नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी नेपालगंज तिर लगिएको छ । २ जना सुरक्षाकर्मी सामान्य घाइते भएका हुन् उनीहरुको स्थानीय स्थास्थ्य संस्थामा उपचार भैसकेको छ । मृतक बटालालाई भने पोष्टमाटमको लागि हेलिकप्टर मार्फत जिल्ला अस्पताल खाडाचक्रमा ल्याइएको छ ।


दोहोरो झडपपछि सम्पर्क विहिन भएका मतदान कर्मचारी तथा सुरक्षाकर्मी भने आज विहान सबै सम्पर्कमा आइसकेको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ ।

स्थानीय तहको निर्वाचनका लागि आइतवार विहान सात बजेदेखि सुरु भएको मतदान प्रक्रियामा दिउसो १२ बजे सम्म करिव ५ सय ५० मतदाता खसिसकेपछि अन्य कुनैपनि मतदाता नआएको केन्द्रमा जम्मा ८ सय ७९ मतदाता रहेका थिए ।

निर्वाचनले निर्धारण गरेको समय सिमासम्म खुला राखी ५ बजे मतदान केन्द्र बन्द गरी नरहरीनाथ गाउपालिकाको केन्द्र कुमालगाउ आउने तयारी गर्दै गर्दा विप्लव नेतृत्वका नेकपाले आक्रमण गरी मतपत्र सहितको मतपेटीका कब्जागरी जलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता