जेठ २, नवलपरासी । नवलपरासीको विनयी-त्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन् ।
गाउँपालिकाको प्रमुखमा कांग्रेसका डम्बर जिसी ६ हजार ९ सय ९ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लक्ष्मण पाण्डेले ५ हजार ३ सय ३० मत प्राप्त गरे ।
उपप्रमुखमा पनि कांग्रेसकै मिना राना विजयी भइन् । उनले ६ हजार ८ सय ९६ मत पाइन् । उनकी प्रतिद्वन्द्वी एमालेकी तारा विकले ५ हजार ४ सय २ मत ल्याइन् ।
विनयी-त्रिवेणी गाउँपालिकाको सात वटा वडामध्ये वडा नम्बर ३ मा एमालेले प्यानल नै जितेको छ । अन्य ६ वटा वडाको वडाध्यक्षमा कांग्रेसले जित हात पारेको छ ।