ताराबहादुर महत । जेष्ठ ३, दोलखा । दोलखा जिरी नगरपालिकाको मेयर पदमा नेकपा एमालेका टंकबहादुर जिरेल विजयी हुनु भएको छ । केहि बेरअघि सम्पन्न मत गणना अनुसार जिरेलले ३,२१२ मत प्राप्त गरेर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादीका गेल्बु शेर्पा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । जेष्ठ ३, दोलखा । दोलखा जिरी नगरपालिकाको मेयर पदमा नेकपा एमालेका टंकबहादुर जिरेल विजयी हुनु भएको छ । केहि बेरअघि सम्पन्न मत गणना अनुसार जिरेलले ३,२१२ मत प्राप्त गरेर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादीका गेल्बु शेर्पा"/>
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखाको जिरीमा एमाले प्यानल विजयी

३ जेष्ठ २०७४, बुधबार ०२:२७

ताराबहादुर महत । जेष्ठ ३, दोलखा । दोलखा जिरी नगरपालिकाको मेयर पदमा नेकपा एमालेका टंकबहादुर जिरेल विजयी हुनु भएको छ । केहि बेरअघि सम्पन्न मत गणना अनुसार जिरेलले ३,२१२ मत प्राप्त गरेर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादीका गेल्बु शेर्पाले २,१०६ र नेपाली काङ्ग्रेसका सोनाम शेर्पाले १४०२ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी उपमेयरमा पनि नेकपा एमालेकी कृष्णमाया बुढाथोकी विजयी हुनु भएको छ । उहाँले सबैभन्दा बढी ३२६८ मत प्राप्त गर्नु भएको छ । उहाँकी निकटतम प्रतिद्वन्द्वी माओवादीकी चित्रमाया शर्माले १९४१ र  नेपाली काङ्ग्रेसकी लिलादेवी जिरेलले १३१२ मत प्राप्त गर्नुभएको थियो ।

अन्तिम मत परिणाम अनुसार जिरीका ९ मध्य ६ वटा वडासहित एमालेको प्यानल विजयी भएको हो । जसअनुसार वडा नम्बर ३,४,६,७,८,९ मा एमालेको प्यानल विजयी भएको छ । वडा नम्बर ९ मा एमालेका ज्ञानबहादुर सुनुवारको प्यानल विजयी भएको हो । वडा नम्बर १ मा नेपाली काङ्ग्रेस तथा  २ र ५ मा माओवादी केन्द्रका उम्मेद्वार विजयी भएका छन । जसमध्ये पनि वडा नम्बर ५ मा अध्यक्ष माओवादी केन्द्र र अन्य सबै सदस्य एमालेका विजयी भएका हुन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता