२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

यसरी बनाउछु ५ बर्षमा समृद्ध अमरगढी नगर : मेयरका उम्मेदवार बिपीन ओझा

३ जेष्ठ २०७४, बुधबार १४:२६

ललित बोहरा / डडेल्धुरा बैशाख । नेकपा एमालेको तर्फबाट अमरगढी नगरप्रमुखमा उम्मेदवार रहेका एमाले नगर कमिटी अध्यक्ष बिपीन ओझाले ५ बर्षमा समृद्ध नगरपालीका बनाउने योजना सार्वजनीक गरेको छ । उनले आफुले नगर प्रमुखमा बिजयी भएपछि ५ बर्षमा गर्ने र नगरको लागी आवश्यक सबै कार्य योजना तयार गरेको बताएका छन् 

अमरगढी नगरपालीका मेयर तथा प्रमुखका उम्मेदवार ओझाले सार्वजनीक गरेको योजनाहरुमा समग्र अमरगढी नगरपालीकालाई तत्काल गुरुयोजना बनाई नेकपा एमालेको सरकारका पालामा ल्याईएको स्मार्ट सिटीको योजनालाई कार्यान्वय गर्ने, आधुनिक नगरको परिकपनालाई साकार पार्न ब्यबस्थीत बसपार्क निमार्ण, बजार ब्यवस्थापन गरी बिभिन्न क्षेत्रमा सोपिङ कम्पलेक्स, सबै प्रकारको पसलहरु फरक–फरक स्थानमा (तरकारी, कपडा, श्रीगार, खुद्रा पसलहरु छुटा छुटै) आधुनीक किसीमको सभागृह निमार्ण गर्ने र त्यसलाई भईपरी आउने बिपदमा समेत प्रयोग गर्ने, खेल मैदान , क्रिक्रट मैदान तथा स्पोर्टस कम्पलेक्स निमार्ण प्रमुख ऐजेन्डा हुने बताएको छ ।


यस्तै प्रत्येक वार्डका सदमुकामहरुमा ब्यवस्थिीत पार्क,  बाल उथान (चिल्ड्रीन पार्क), प्रत्येक वार्डमा पुस्तकालय (ईलाईब्रेरी), वाचनालय सहितको सुदुरपश्चिमको संस्कृति झल्किीने संग्रालय निमार्ण गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

    डडेल्धुरा बहुमुखी क्याम्पसका पूर्व सभापती समेत रहेका ओझाले अमरगढी नगरपालीकामा तिन तहमा चक्रपथ निमार्ण गरिने, जस अन्र्तगतः बहिरी चक्रपथ, भित्री चक्रपथ र मध्य चक्रपथ निमार्ण गरी कालोपत्रे बनाउने, प्रत्येक वार्डका सदरमुकामहरुमा कालोपत्रे सडक निमार्ण गर्ने, सडक नपुगेका चिरखीटे लगायतका क्षेत्रमा सडकको पहँुच सम्म जोडने, प्राबिधीक शिक्षालयलाई प्राथमीकताका साथ अगाडी बढाईने र डडेल्धुरा बहुमुखी क्याम्पसमा सबै बिषयको शिक्षा प्रणाली लागु गर्नमा बिशेष जोड दिने, सुरक्षित सहर ब्यबस्थीत सहर अन्तरगत अमरगढी नगरका मुख्य मुख्य चोकहरुमा तथा बजारका महत्वपूर्ण ठाउँहरुमा सिसि क्याम्मरा र सौर्यबत्ती नभएकोे सबै वार्डका समदुकामहरुमा पनि जडान गरी मुख्य बजार क्षेत्रमा हुन सक्ने चोरी लगायतका घटना तथा महिला माथि हुने हिंसात्मक घटना हुन नदिन आफुले बिशेष योजना बनाएको बताएका छन् ।


  •  
  • यस्तै उनले कृर्षिमा आधुनिकरण, बैज्ञानीक बन ब्यबस्थापन, उधोगीकरण, पर्यटकीय तथा धार्मीक क्षेत्रहरुलाई ब्यबस्थीत बनाई पर्यटकको आर्कषणको विन्दु अमरगढी नगर बनाउने र एकिकृत सहरी बस्थी बिकास गरी यस क्षेत्र भित्र रहेका मुक्त हलियाहरुको पुनःस्थापनमा र घर निमार्ण तथा मर्मतमा आफु सधै लाग्ने प्रतिबद्ध रहेको जनाएका छन् । 


साथै उनले दलित, गरिबीको रेखा मुनी रहेका मुक्त हलियाका बालबालीकाहरुलाई प्राबिधीक शिक्षामा बिशेष छुट तथा छात्राबृतीको ब्यबस्थामा पनी जोड दिने बताएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान