५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सल्यानको तीन गाउँपालिका र ५७ वडाको नतिजा सार्वजनिक

३ जेष्ठ २०७४, बुधबार १४:२७

जेठ ३, सल्यान | सल्यानमा आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । 

यो समाचार तयार पार्दासम्म तीन गाउँपालिका र ५३ वडाको मत परिणाम सार्वजनिक गरिएको छ । दार्मा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका निमबहादुर केसी र उपाध्यक्षमा टीका वली शर्मा निर्वाचित हुनुभएको छ । केसीले अध्यक्षमा तीन हजार ६९४ मत र वलीले उपाध्यक्षमा ती हजार ६९५ मत प्राप्त गरी विजयी हुनुभएको हो । 

यसैगरी, दार्मा गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका कविकुमार चन्द, २ मा माओवादी केन्द्रका डिल्ली केसी, ३ मा माओवादी केन्द्रका सेतीराम रोका, ४ मा माओवादी केन्द्रका चन्द्रबहादुर रावत, ५ मा माओवादी केन्द्रका दुर्गा मल्ल र ६ मा माओवादी केन्द्रका रामबहादुर केसी विजयी हुनुभएको छ । 

यसैगरी, ढोरचौर गाउँपालिका अध्यक्षमा एमालेका चित्रबहादुर चलाउने विजयी हुनुभएको छ । उहाँले एक हजार ९२५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नरवीर चलाउनेले एक हजार ५४८ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा एमालेका पुष्पा बोहराले एक हजार ९४६ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

ढोरचौर गाउँपालिका १ मा माओवादी केन्द्रका रामबहादुर बस्नेत, २ मा माओवादी केन्द्रकै रुद्रबहादुर वुढथोकी, ३ मा नेकपा ९एमाले०का शालिकराम बुढाथोकी र ५ मा नन्दलाल बोहरा विजयी हुनु भएको छ । वडा नं। ४ मा भने काँग्रेसका दिनेश बिएम र एमालेका देवेन्द्र रोकाले बराबरी मत प्राप्त गरेपछि गोलाप्रथा गरिएको हो र त्यसबाट काँग्रेसका दिनेश बिएम विजयी हुनुभएको छ । 

यसैगरी, त्रिवेणी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका मानबहादुर डाँगी दुई हजार ७६५ मत प्राप्त गरी विजयी हुनुभएको हो । उपाध्यक्षमा काँग्रेसका करुणा खड्काले दुई हजार ६४५ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

त्रिवेणी गाउँपालिका–१ मा नेकपा एमालेका छवि खत्री, २ मा नेपाली काँग्रेसका मेघराज खड्का, ३ मा काँग्रेसकै हुकमप्रसाद महतरा, ४ मा काँग्रेसकै छविराज शर्मा, ५ मा एमालेका डिल्लीबहादुर बोहरा र ६ मा काँग्रेसका मानबहादुर वली विजयी हुनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता