नवलपरासीमा तीन वामपन्थी दलबीच राजनैतिक तथा बैचारिक अन्तरक्रिया

Posted on: 19 May, 2017

जेठ ५, नवलपरासी | नवलपरासीको बर्दघाट नगरपालिकामा क्रियाशिल तीन वामपन्थी दलबीच राजनैतिक बैचारिक अन्तरक्रिया शुक्रवार बर्दघाट ४ दिब्यनगरमा भएको छ ।

नेकपा क्रान्तिकारी माओवादी सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा र नेकपा माक्र्सवादीका अगुवा नेता कार्यकर्ताबीच भएको अन्तरक्रियामा कुनै पनि काम गर्दा बैचारिक रुपले गर्नुपर्नेमा जोड दिइएको थियो ।

कार्यक्रममा बाम तथा प्रगतिशिल शक्तिहरुबीच जनवादी एकता आवश्यक रहेकोमा बक्ताहरुले जोड दिनुभएको थियो । कार्यक्रममा  जनवादी क्रान्तिको तयारीका निन्ति कार्यगत एकता आवश्यक रहेकोले कार्यनितिक बिषयमा छलफल गर्नुपर्ने बताइएको थियो । 

कार्यक्रममा  नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य अशोक लम्साल, राष्ट्रिय जनमोर्चाका  जिल्ला अध्यक्ष रेम राना, नेकपा मार्क्सवादीका केन्द्रीय नेता जयप्रकाश नेपाल लगायतले बैचारिक राजनैतिक एकतामा जोड दिर्दै कार्यगत

एकता गर्नुपर्नेमा जोड दिनुभएको थियो । 

कार्यक्रममा  देजमोका जिल्ला उपाध्यक्ष चुणामणि भण्डारी,  देजमोका बर्दघाट नगरका मेयर उम्मेदवार छविलाल खरेल नगर अध्यक्ष राजुप्रसाद खनाल रामचन्द्र पोखरेल, राष्ट्रिय जनमोर्चाका गणेश आचार्य, ढुण्डिराज पोखरेललगायतले समेत बोल्नुभएको थियो । कार्यक्रम छविलाल खरेलको अध्यक्षतामा भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!