२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

नेकपा (माओवादी केन्द्र)ले उम्मेदवारको टुङ्गो लगायो (को को परे ?)

२०७४, ११ जेष्ठ बिहीबार ०५:०४

जेठ ११, दाङ | आगामी जेठ ३१ गते हुन गइरहेको स्थानीय तहको चुनावका लागि नेकपा (माओवादी केन्द्र) दाङले जिल्लाका दशवटै स्थानीय तहका उम्मेदवार टुङ्गो लगाएको छ । 

दुई उपमहानगरपालिका, एक नगरपालिका र सातवटै गाउँपालिकामा उम्मेदवार टुङ्गो लगाएको माओवादी केन्द्र दाङले जनाएको छ । जिल्लाका सयवटै वडामा पनि उम्मेदवार टुङ्गो लगाएको माओवादी केन्द्र निर्वाचन परिचालन समिति दाङका संयोजक निर्मल आचार्यले जानकारी दिनुभयो । 

माओवादी केन्द्रले तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा शेषुराम भण्डारी र उपप्रमुखमा सीता ओली, घोराही उपमहानगरपालिकाको प्रमुखमा जीवन गौतम र उपप्रमुखमा सीता चौधरी तथा लमही नगरपालिका प्रमुखमा द्रौपदा पौडेल र उपप्रमुखमा कालुराम चौधरीलाई उम्मेदवार बनाइएको छ । 

यसैगरी बबई गाउँपालिका अध्यक्षमा सुशील खड्का क्षेत्री र उपाध्यक्षमा उर्मिला ओली, शान्तिनगर गाउँपालिका अध्यक्षमा नेवबहादुर रोका र उपाध्यक्षमा राधिका परियार, दङ्गीशरण गाउँपालिकाका अध्यक्षमा हिरालाल चौधरी र उपाध्यक्षमा सीता बस्नेत, बङ्गलाचुली गाउँपालिकाका अध्यक्षमा भक्तबहादुर ओली र उपाध्यक्षमा यमुना घर्ती तथा राप्ती गाउँपालिकाका अध्यक्षमा श्यामेश चौधरी र उपाध्यक्षमा भगवता शर्मा अधिकारीलाई उम्मेदवार बनाइएको माओवादी केन्द्र दाङले जनाएको छ । 

त्यस्तै राजपुर गाउँपालिकाका प्रमुखमा श्यामबहादुर झाँक्री र उपप्रमुखमा पुष्पा यादव तथा गढवा गाउँपालिकाको अध्यक्षमा लुमाकान्त न्यौपाने र उपाध्यक्षमा रमा चौधरीलाई उम्मेदवार बनाइएको माओवादी केन्द्र दाङले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै