जेठ १४, कपिलवास्तु | सरकारले जेठ ३१ का लागि घोषणा गरेको स्थानीय निकायको निर्वाचनको विरोध मुस्लिम समुदायले गरेका छन । संविधान संशोधन विना र माग पुरा नगरी दोस्रो चरणको निर्वाचन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ १४, कपिलवास्तु | सरकारले जेठ ३१ का लागि घोषणा गरेको स्थानीय निकायको निर्वाचनको विरोध मुस्लिम समुदायले गरेका छन । संविधान संशोधन विना र माग पुरा नगरी दोस्रो चरणको निर्वाचन"/>

२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

रमजान महिना भित्र निर्वाचन नगराउन सरकारसंग मुस्लिम समुदायको माग

१४ जेष्ठ २०७४, आईतवार ११:४२

जेठ १४, कपिलवास्तु | सरकारले जेठ ३१ का लागि घोषणा गरेको स्थानीय निकायको निर्वाचनको विरोध मुस्लिम समुदायले गरेका छन । संविधान संशोधन विना र माग पुरा नगरी दोस्रो चरणको निर्वाचन हुन लागेकोप्रति मुस्लिम समुदायले आपत्ती जनाएको छ ।

संविधान संशोधन विना र माग पुरा नगरी दोस्रो चरणको निर्वाचन हुन लागेकोप्रति मुस्लिम समुदायले आपत्ती जनाएको छ । हकअधिकारका लागि यतिका मुस्लिम मारिदा पनि सरकारले समस्या समाधान गर्न नखोजेकोप्रति मुस्लिम अगुवाहरुले अक्रोस व्यक्त गरेका छन । अर्कोतर्फ जेठ १३ वा १४ गतेबाट रमजान सुरु हुने भएकोले पनि मुस्लिम समुदायले निर्वाचनको विरोध गरेका छन । मुस्लिम धर्मावलम्वीहरु रमजानको महिनामा पानी पनि नखाई ब्रत बस्ने गर्दछन । यस्तो बेलामा कसरी चुनाव प्रचार अभियान सञ्चालन गर्न सकिन्छ, कार्यकर्ता कसरी प्रचारमा पुग्छन र मतदाता कसरी लाइन बसी भोट हाल्न जान्छन जस्ता प्रश्नहरु मुस्लिम बुद्धिजीवी तथा अगुवाहरुले बारमबार कुराराष्ट्रिय मदरसा संघका नेपालका अध्यक्ष  डा.अब्दुल गनि अल उफि का अनुसार मुस्लिम धर्मावलम्वीहरुको रमजानको महिना तथा यस पाली ईद असार १३ वा १४ मा पर्ने भएकोले रमजानको महिनामा दोस्रो चरनको स्थानिय निर्वाचन प्रसाशन, प्रहारीको बलमा निर्वाचन गराउन खोजेकोमा हामी मुस्लिम धर्मावलम्वीहरु यस सरकार प्रति दुखित भएको छम ।  


त्यस्तै राष्ट्रिय मदरसा संघका नेपालका सचिव मौलाना मशहुद खाँ नेपाली का अनुसार यस सरकारले हामी मुस्लिम धर्मावलम्वीहरुलाई स्थानिय निर्वाचन बाट यस सरकारले बन्चित गरेको उंहाको आरोप छ । त्यसतै गरि संघिय समाजवादी फोरम नेपाल का केन्द्रिय सदस्य तथा युवा नेता अकरम पठान का अनुसार दोस्रो चरनको स्थानिय निर्वाचन को मिति यथासिघ्र सार्न अनुराध गरीरखेछम । यदापि उतm मितिमा निर्वाचन भयो भने हामी उतm दोस्रो चरनको स्थानिय निर्वाचन लाई बहिस्कार गर्ने र अन्दोलनमा जाने समेत जानकारी गराउनु भएको छ ।

त्यस्तै बांकेका मुस्लिम समुदायमा सरकारको व्यवहार प्रति असन्तुष्ट भएको देखिन्छ । नेपाली मुस्लिम समाजको चर्को आलोचना पश्चात पनि सरकारले ध्यान नदिएको हुनाले नेपाली मुस्लिम समाजले सरकारको व्यहार प्रति गम्भीर आरोप लगाएको छ । रमजान महिना भित्र मा निर्वाचन नगराउन मुस्लिम हक अधिकार संरक्षण मंच नेपालगंज बांकेद्वारा जिल्ला प्रशासन कार्यालय मार्फत सम्बन्धित निकायमा ग्यापनपत्र आज बुझाइएको छ । खोइ त संबैधानिक अधिकार भएन धर्म्निरपेक्षता को कदर, रमजान महिना मा निर्वाचन मिती हुनूपर्छ बदर नारा लगाउदै मुस्लिम समुदायले रमजमान महिना मा निर्वाचन नगराउन सरकार संग माग गरेकाछन । रमजान महीनामा निर्वाचन गराउनु हुदैन भनेर मुस्लिम समुदायका अगुवाहरु तथा राष्ट्रीय मुस्लिम संघर्ष गठबन्धन र बिभिन्न संगसंगठनहरु बिरोध गर्दै आएको छ ।


- मो इमरान खान 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो