जेठ १४, नवलपरासी | राष्ट्रिय जनता पार्टी नेपालले (राजपा) आज परासी सहित मधेसका विभिन्न ठाँउहरुमा  लाठी जुलुस प्रदर्शन गरेको छ । सरकारले संविधान संशोधन नगरी स्थानीय तह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ १४, नवलपरासी | राष्ट्रिय जनता पार्टी नेपालले (राजपा) आज परासी सहित मधेसका विभिन्न ठाँउहरुमा  लाठी जुलुस प्रदर्शन गरेको छ । सरकारले संविधान संशोधन नगरी स्थानीय तह"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजपाको लाठी जुलुस, फोरम र नँया शक्ति पनि सहभागी

१४ जेष्ठ २०७४, आईतवार १२:३५


जेठ १४, नवलपरासी | राष्ट्रिय जनता पार्टी नेपालले (राजपा) आज परासी सहित मधेसका विभिन्न ठाँउहरुमा  लाठी जुलुस प्रदर्शन गरेको छ । सरकारले संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचन गराउन लागेको विरोधमा राजपाले पूर्व निर्धा्रित कार्यक्रम अनुसार लाठी जुलुस निकालेको मोर्चाका जिल्ला संयोजक मुकुर्जि गिरीले जानकारी दिनुभयो ।

लाठी जुलुस कार्यक्रम राजपाका नेता कार्यकर्ता सहित , संघिय समाजवादी फोरम नेपाल लोकतान्त्रिक फोरम तथा नँया शक्ति नेपालका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । लाठि जुलुस प्रदर्शन गर्दै मधेस केन्द्रित दलका नेताहरुले अहिलेको अवस्थामा मधेसका लागि स्थानीय चुनाव धोखा भएको भन्दै चुनाव विरोधी नाराबाजी गरेका थिए ।

यस्तै मोर्चाका कार्यकर्ताहरुले अन्य पार्टिहरुले चुनाव प्रचार प्रसारका लागि झुन्ड्याईएको झन्डा च्यातेका छन् भने चुनाव प्रचार प्रसार कार्यालयमा समेत आक्रमण गर्ने प्रयास गरेका थिए । लाठि जुलुस प्रदर्शन पछि सदरमुकाम परासीमा आयोजित कोणसभामा नेताहरुले मधेसमा स्थानीय तहको सँख्या थप्नु पर्ने , राजपाको दल दर्ता गरी छाता चुनाव चिन्ह दिनुपर्ने , मधेस  आन्दोलन सँग सम्बन्धित मुद्धाहरु फिर्ता लिनुपर्ने बताएका थिए । मधेसको मांग सम्बोधन नभए मधेसमा चुनाव गर्न नदिने नेताहरुले चेतावनी समेत दिएका छन् भने अन्य पार्टिहरुलाई चुनावी गतिबिधि अगाडि बढाउन समेत अवरोध गरका छन् ।

मोर्चाले सदरमुकाम परासी , बेलासपुर , महेशपुर , गोपिगँज , गुठिप्रसौनी लगायतका ठाँउहरुमा बिरोधका कार्यक्रमहरु गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता