१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुरमा किन च्यातियो मतपत्र ? घटना रहश्यमय !

१५ जेष्ठ २०७४, सोमबार ०२:४२

जेठ १५ काठमाडौँ | भरतपुरमा मतगणना स्थलमै माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछी बिबाद उत्पन्न भएको छ | गएराति भएको यो घटनालाई लिएर बिभिन्न टिका-टिप्पणी सुरु भएका छन् ।

मतगणना जारी रहँदा वाईसीएल जिल्ला इन्चार्ज मधु न्यौपानेले मतपत्र च्यातेका थिए भने उनले मतपत्र च्यातेर प्रहरीले नियन्त्रणमा लिइसकेपछि पनि मतगणनास्थल भित्रै रहेका अर्का प्रतिनिधि द्रोण सिवाकोटीले पनि मतपत्र च्याते ।

पछी न्यौपाने र सिवाकोटी दुबैलाई प्रहरीले नियन्त्रणमा लियो । भरतपुर महानगरको १९ नम्बरको करिव एक हजार मत गणना हुन बाँकी र २० नम्बरको पुरै मत गणना हुन बाँकी छँदा भएको यो घटनामा धेरै टिका टिप्पणी तथा आशंका उब्जनु स्वभाविकै छ ।

घटना भएपछी मतगणना समेत अनिश्चित कालको लागि रोकिएको छ भने अब छानबिन समिति बनाएर मात्र त्यहाँको बिषय टुंगोमा पुर्याइने बताइएको छ । यस बिषयमा पत्रकार सम्मेलन गर्दै निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने भने, ‘म पिसाब फेर्न गएको बेला केही व्यक्तिहरु अनधिकृत रुपले जबर्जस्ती छिरेर मतपत्र च्याते ।’ यता सुरक्षाका लागि गेटमा राखिएका प्रहरीका अनुसार प्रवेश पास नभएको व्यक्ति आएको र आफूले रोक्दा रोक्दै जबर्जस्ती भित्र छिरेको बताएका छन् । तर प्रहरीले पक्राउ गरेका एक जनाको घाटीमा पास झुण्डीरहेको देखिएको छ । 

घटनालाई रहश्यमय भनिएको छ: 

१.

घटना रहश्यमय भनिएको छ । त्यसलाई प्रष्ट पार्न सामाजिक संजालहरुमा बिभिन्न टिका-टिप्पणी गरिएका छन् । अन्तिम समयमा बबाल हुने संकेत घटना हुनु भन्दा केहि घण्टा अघिनै एमालेले कसरी पायो ? यो बिषय निकै रहश्यमय छ । स्वभाविक प्रश्न उठ्छ कि मतपत्र च्यात्नेले एमालेलाई पुर्ब सुचना दिएको थियो वा एमालेले आफै थाहा पाए ? घटनाको ३/४ घण्टा अघि नै 'अब बबाल हुन्छ आउनुस्' भनेर एमालेले कार्यकर्ता जम्मा गरेको थियो । त्यस लगत्तै घटना संयोगबस वा जानाजान मध्येरातमा घटाइएको छ । 

एकाथरीले यो घटनालाई जोडेर एमालेकै षड्यन्त्र समेत भनेका छन् । घटना माओवादीले घटाएपनि एमालेलाई त्यसको पुर्व जानकारी हुनु र त्यस अनुसार तयारी गर्नु रहश्यमय बताइएको छ । केहिले कस्तोसम्म विश्लेषण गरेका छन् भने  'कांग्रेस-माओवादीलाई गिराउन एमालेले मतपत्र च्यात्नेहरुसँग मिलिमतो गरेको छ ।' त्यसलाई प्रमाणित गर्न एमालेको पुर्वतयारीले समेत बल दिएको छ । 

२.

वाईसिएल चितवनका सन्तोष पनेरुका अनुसार मतगणना चल्दै थियो । पछिल्लो समय रेणु दाहालको पक्षमा राम्रो मत आईरहेको थियो । यत्तिकैमा हँसिया-हथौडामा परेको मत मतगणकको हातको मसिले बदर गराईएको डेस्कमा रहेका हाम्रा एजेन्टले देखेपछि तत्कालै निर्वाचन अधिकृतको ध्यानाकर्षण गराउन खोज्दा एजेन्टहरु र कर्मचारीहरुका बिचमा सामान्य बिबाद भयो । यसैक्रममा होहल्ला हुँदैगर्दा बेन्चमा बसेका एमाले प्रतिनिधिहरुले मतपत्र नियन्त्रणमा लिन खोजेपछि उनिहरुकै तानातानमा मतपत्र च्यातिएको हो । सोहि एमाले प्रतिनिधिलाई रोक्ने क्रममै भएको भनाभनका बेला एमाले प्रतिनिधि गंगा लामा सहित माओवादीका २ जना प्रतिनिधिहरु प्रहरी नियन्त्रणमा लिईएको हो । तर सार्वजनिक संचारमाध्यममा माओवादी र माओवादीका प्रतिनिधिहरुले मतपत्र च्यातेको भन्ने कुरा निराधार कुरा आईरहेको छ हो । यसको खण्डन गर्दछौं । 

त्यस्तै माओवादी केन्द्रका एक जिल्ला नेताका अनुसार गणना भईरहेको मतको काउन्टमतमा विवाद बढेपछि एमालेका प्रतिनिधिहरुले कांग्रेस र माओवादीका प्रतिनिधिहरुलाई हातपात गर्नुका साथै मतपत्र च्यातेका थिए । माओवादी केन्द्रले भने ज्ञावलीसँग मतान्तर घटाउँदै लगेपछि एमालेले जर्वजस्ती मतपत्र च्यातेको र दोष माओवादीलाई लगाएको बताएको छ ।

३.

अर्को व्यापक रुपमा टिप्पणी भएको कुरा भने माओवादीको हारको डरलाई लिईएको छ । धेरै सामाजिक संजालमा माओवादीप्रति आक्रोशित प्रतिक्रिया दिँदै 'जंगली प्रवृति' भनेका छन् । जनताले दिएको मतलाई कदर गर्न नसकेर माओवादी अझै नसुध्रिएको टिप्पणी गरिएको छ । हुनपनि माओवादीले आफ्नो ब्यबहारलाई जनतामाझ राम्रो देखाउने प्रयत्न गर्न सकेको छैन । चित्त नबुझ्दा आवेगमा आएर उसले गर्ने क्रियाकलापले माओवादीलाई धेरै पटक नाङ्गो बनाएको छ । 

माओवादीकै षडयन्त्र भएको भन्दै धेरैले बिरोध समेत गरेका छन् । यस बिषयमा कांग्रेस-माओवादीले कुनै प्रतिक्रिया दिएका छैनन् । 

जे होस् – यस बिषयमा सामाजिक संजालमा हचुवा टिप्पणी भईरहेका छन् । आइतबार राति एकाएक राष्ट्रकवी माधव घिमिरेको मृत्यु भन्ने भ्रमपूर्ण समाचार फैलिएझैँ घटनामा फरक फरक टिप्पणी आएका छन् र जो-जोसँग सम्बन्धित छन् त्यसै अनुसार सामाजिक संजालमा पोखिएका छन् । यो बिषयबारे थप यथार्थता छानबिन समितिले सार्वजनिक गर्नेछ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल