प्रभात सुवेदी । जेठ १५, बर्दिया ।

गणतन्त्र आएको ११ वर्षपछि भैरहेको स्थानीय निर्वाचन सम्पन्न गरी गणतन्त्रलाई संस्थागत गर्दै स्थानीय निकाय सम्हाल्ने जिम्मेवारी पाएका कर्मचारीहरुले अब राजनितीज्ञहरुले दिएको जिम्मेवारीको नासो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । जेठ १५, बर्दिया ।

गणतन्त्र आएको ११ वर्षपछि भैरहेको स्थानीय निर्वाचन सम्पन्न गरी गणतन्त्रलाई संस्थागत गर्दै स्थानीय निकाय सम्हाल्ने जिम्मेवारी पाएका कर्मचारीहरुले अब राजनितीज्ञहरुले दिएको जिम्मेवारीको नासो"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

नासो फिर्ता गर्न पाइयोस् !

१५ जेष्ठ २०७४, सोमबार ०४:३८

प्रभात सुवेदी । जेठ १५, बर्दिया ।

गणतन्त्र आएको ११ वर्षपछि भैरहेको स्थानीय निर्वाचन सम्पन्न गरी गणतन्त्रलाई संस्थागत गर्दै स्थानीय निकाय सम्हाल्ने जिम्मेवारी पाएका कर्मचारीहरुले अब राजनितीज्ञहरुले दिएको जिम्मेवारीको नासो चाँडै फिर्ता गर्न पाउनेमा आशावादी भएको कुरा आज जिल्ला सदरमुकाममा आयोजित कार्यक्रममा औंल्याइएको छ ।


११औं गणतन्त्र दिवसकको सन्दर्भ पारेर जिल्ला समारोह समितिले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापाले उपरोक्त कुरा बताउनुभएको हो । साथै वहाँले राजनैतिक समन्वयको अभाव नै अस्थिरता भएकोले तर्क भन्दा पनि अब काम गर्ने समय आएकोले आजको दिनले सबै दलहरुमा विकासको गति बढाएर समृद्ध मुलुक बनाउन सद्वुद्धि आवोस भन्दै शुभकामना व्यक्त गर्नुभयो । 

यसअघि जिल्ला सदरमुकामको राधाकृष्णचोकदेखि विहान साडे सात बजे विभिन्न राष्ट्रिय भावनाले ओतप्रोत गीतहरु गुञ्जाउँदै निस्केको र्याली जिल्ला समन्वय समितिको सभाहलसम्म पुगेको थियो । ¥यालीमा विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी,  सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, विभिन्न राजनैतिक दलका व्यक्तित्वहरु, पत्रकार, शिक्षक कर्मचारीहरु, वुद्धिजिवी, महिला लगायतको सहभागीता रहेको थियो ।

 

औपचारिक कार्यक्रमलाई नेपाली कांग्रेसका मिश्रिलाल यादव, एमालेका इन्द्र बहादुर रावल, माकेका कोलराज पुरी तथा लोकतान्त्रिक फोरमका काशीराम चौधरीले सम्बोधन गर्नुहुँदै सहिदहरुको सपना साकार पार्नका लागि राजनैतिक सहमतिमा अगाडि बढी मुलुकलाई स्थायी निकास दिनु पर्ने औंल्याएका थिए । 

जिल्ला समन्वय समितिका संयोजक तथा कार्यक्रमका सभाध्यक्ष तेजराज शर्माले आपसी झैझगडामा नअल्झिएर सबैको साझा उद्देश्य मुलुकलाई समृद्ध बनाउने हुनु पर्ने कुरा औंल्याउनुभएको थियो ।

 कार्यक्रममा जिल्लाका सिमित कार्यालयहरु तथा निकायका प्रमुख तथा कर्मचारीहरुको मात्रै सहभागीता भएको र राजनैतिक दलले चुनावी प्रचारप्रसारका कारण पनि यो कार्यक्रमलाई प्राथमिकता नदिएकाेमा जिल्लाको कार्यक्रम खल्लो र अौपचारिकतामा मात्रै सिमित भएको सहभागीहरुकाे गुनासाे थियो । 

यसैबीच विभिन्न दलका उम्मेदवारहरु अाफ्ना कार्यकर्ताहरुको साथमा भोट माग्दै घरदैलो कार्यक्रममा हिँडिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता