२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

यी हुन् दाङका पाँच पत्रकार, जो चुनावी मैदानमा छन

२०७४, १५ जेष्ठ सोमबार ११:४७

जेठ १५, दाङ । आसन्न स्थानीय तहको निर्वाचनमा दाङको तुलसीपुर क्षेत्रमा क्रियाशील पाँचजना पत्रकार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । 

यसरी चुनावी प्रतिस्पर्धामा उत्रिएका पत्रकारहरुमध्ये तीनजनाले नेपाली काँग्रेस र दुईजनाले नेकपा (एमाले)बाट चुनाव लड्दै छन् । 

प्राप्त विवरणअनुसार काँग्रेसबाट चुनावी मैदानमा उत्रिएका पत्रकारहरु सुरेश श्रेष्ठ न्यूज २४ टिभीका समाचारदाता हुन् भने सुवास डिसी रेडियो सञ्जीवनी र प्रकाश डाँगी रेडियो तुलसीपुरमा कार्यरत छन् । 

श्रेष्ठले तुलसीपुर उपमहानगरपालिका–५ बाट वडा सदस्य पदमा, डिसी तुलसीपुर उपमहानगरपालिका–११ बाट वडा सदस्य र डाँगी दङ्गीशरण गाउँपालिका–२ को वडा सदस्यमा चुनावी प्रतिस्पर्धामा रहेका छन् । 

त्यसैगरी एमालेबाट तुलसीपुर उपमहानगरपालिका–९ को वडाध्यक्ष पदमा पत्रकार सङ्गीत बस्याल र सोही उपनगरपालिका–६ को वडा सदस्य पदमा दुर्जमान भण्डारी चुनावी प्रतिपर्धामा रहेका छन् । दुवैजना रेडियो प्रकृति एमफम, तुलसीपुरमा कार्यरत छन् । 

रेडियो प्रकृतिका स्टेसन म्यानेजरसमेत रहेका बस्यालले यसअघि नै पत्रकारिता त्यागेको घोषणा गरिसकेका छन् भने अन्य चारजनाले भने पत्रकारिता त्यागेको औपचारिक घोेषणा गरेका छन् । 

दलहरुले उम्मेदवार बनाएका पत्रकारहरु अहिले आ–आफ्नो पक्षमा मत माग्न मतदातासँग पुगेका छन् । उनीहरुले घरदैलो कार्यक्रमलाई तीव्र पारेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै