असार ३, जेनेभा । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राजनीतिमा अनुभव नभएका महिलालाई पूर्ण प्रतिस्पर्धामा भाग लिन लगाएको अवस्थामा भन्दा सकारात्मक विभेदअन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ३, जेनेभा । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राजनीतिमा अनुभव नभएका महिलालाई पूर्ण प्रतिस्पर्धामा भाग लिन लगाएको अवस्थामा भन्दा सकारात्मक विभेदअन्"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिलामा राजनीतिक प्रतिस्पर्धाको क्षमता बढेको छ: राष्ट्रपति

२०७४, ३ असार शनिबार ०३:०५


असार ३, जेनेभा । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राजनीतिमा अनुभव नभएका महिलालाई पूर्ण प्रतिस्पर्धामा भाग लिन लगाएको अवस्थामा भन्दा सकारात्मक विभेदअन्तर्गत थोरै आरक्षण दिइएको अवस्थामा उनीहरूको राजनीतिक संलग्नतामा व्यापक सुधार भएको बताउनुभएको छ । 

संयुक्त राष्ट्र सङ्घका लागि स्थायी प्रतिनिधि दीपक धितालले आफ्नो सम्मानमा शुक्रबार आयोजना गर्नुभएको स्वागत कार्यक्रममा राष्ट्रपति भण्डारीले पूर्ण प्रतिस्पर्धा समान रूपमा सक्षम व्यक्तिहरूबीच मात्र हुनसक्ने बताउँदै शताब्दीयौँदेखि विभेद गरिएका र अनुभव नभएका महिला तथा सक्षम र अनुभवी व्यक्तिबीच प्रतिस्पर्धा गर्नु उचित नहुने बताउनुभयो । 

राष्ट्रपति भण्डारीले विसं २०४९ अगाडि स्थानीय निकायका करिब दुई लाख पदमध्ये केवल १३६ मा मात्र महिला विजयी भएको देखिएकामा विकेन्द्रीकरणअन्तर्गत निर्वाचनमा २० प्रतिशत महिलालाई उम्मेदवार बनाउनुपर्ने व्यवस्थाबाट ३६ हजार महिला विजयी भएको र थप चार हजार महिला मनोनीत हुँदा करिब ४० हजार महिला राजनीतिक पदमा स्थापित भएको उदाहरण प्रस्तुत गर्नुभयो । उहाँले यसरी नै अनुभवले खारिएर महिलामा राजनीतिक प्रतिस्पर्धात्मक क्षमता बढेको बताउनुभयो । 

राष्ट्रपति भण्डारीले वर्तमान संविधानअन्तर्गत निर्वाचनमा महिला उम्मेदवारी ४० प्रतिशत अनिवार्य बनाउँदा र प्रमुख तथा उपप्रमुखमध्ये एक पदमा महिला उम्मेदवारी अनिवार्य बनाउँदा हालैको निर्वाचनबाट धेरै महिला उपप्रमुखमा निर्वाचित भएको बताउँदै अब उनीहरूले पनि न्यायाधीशसरह अधिकार प्राप्त गरेको उल्लेख गर्नुभयो । 

उहाँले संसद्का लागि ३३ प्रतिशत स्थानमा महिला उम्मेदवारीको व्यवस्थाले ३३ प्रतिशत स्थानमै महिलाले विजय हासिल गरेको बताउँदै सभामुख र उपसभामुखमा एक पद तथा राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक पद महिलाले प्राप्त गर्दा उनीहरूलाई अनुभवी तथा व्यावहारिक बनाउने बताउनुभयो । 

राष्ट्रपति भण्डारीले अब आर्थिक विकास गरी लोकतन्त्रको फाइदा जनतालाई उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रवासी नेपाली मुलुकको सद्भावना दूत भएको बताउँदै उनीहरूले जनस्तरका साथै सरकारी र कूटनीतिक स्तरमा समेत प्रभाव पार्नसक्ने र विदेशमा सिकिएको सीप स्वदेशमा उपयोग गर्न सकिन्छ भन्नुभयो । 

यहाँ आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’ लाई सम्बोधन गर्न यहाँ आउनुभएका राष्ट्रपति भण्डारी सहभागी कार्यक्रममा स्विट्जरल्यान्डमा बसोबास गर्ने नेपाली समुदायका सदस्य, अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सम्मेलनका लागि नेपाली प्रतिनिधि तथा राष्ट्रपति भण्डारीका भ्रमण दलका सदस्य पनि उपस्थित हुनुहुन्थ्यो । 

कार्यक्रममा स्विट्जरल्यान्डका लागि नेपाली राजदूत धितालले अन्तर्राष्ट्रिय श्रम सङ्गठनमा नेपालको सहभागिता र नेपालले प्राप्त गरेको उपलब्धिका विषयमा जानकारी गराउनुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ