९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल

२२ आश्विन २०८१, मंगलवार १२:२३

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले, श्रमिकका मुद्दाहरु कुनै एउटा मुलुकको मात्रनभई विश्वव्यापी साझा समस्याको रुपमा रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजितअन्तर्राष्ट्रिय ट्रेड युनियनमहासंघको २६औं क्षेत्रिय परिषद्को उद्घाटन समारोहलाई सम्बोधनगर्दै उनले श्रमिकका मुद्दाहरु विश्वव्यापी साझा समस्याको रुपमा रहेको भन्दै यस्ता समस्या सामुहिक प्रयासबाट मात्रै समाधान गर्न सकिने बताए ।

उनले भने,‘श्रमिकका मुद्दाहरु कुनै एउटा मुलुकको मात्रनभएर विश्वव्यापी साझा समस्याको रुपमा रहेका छन् । सामुहिक प्रयासबाट मात्रै त्यस्ता समस्याहरु समाधान गर्न सकिन्छ भन्ने मलाई विश्वास छ ।’

उनले सरकारले सबैले काम गर्न पाउने अधिकार सुनिश्चितगर्दै श्रम शक्तिलाई देशको मुख्य सामाजिकआर्थिक शक्तिको रुपमाआत्मसाथ गरेको बताए । श्रम शक्तिलाई दक्ष र व्यवसायीकबनाउने र स्वदेशमा नै रोजगारी सृजनाअभिवृद्धि गर्ने नीति सरकारले लिएको पनिउनको भनाई छ ।

उनले भने,‘सरकारले सबैले काम गर्न पाउने अधिकार सुनिश्चितगर्दै श्रम शक्तिलाई देशको मुख्य सामाजिकआर्थिक शक्तिको रुपमाआत्मसाथ गरेको छ । श्रम शक्तिलाई दक्ष र व्यवसायीकबनाउने र स्वदेशमा नै रोजगारी सृजनाअभिवृद्धि गर्ने नीति समेत सरकारको छ ।’

उनले समय सापेक्षितश्रमिकको न्युनतमपारिश्रमिकमा परिमार्जन गर्दै समयअनुकुल समायोजन गर्ने नीतिकार्यान्वयनगर्दैै आएको जानकारी गराए ।

बैठकमा नेपाल ट्रेड युनियनकांग्रेसका महासचिवअजयकुमार राईले जलवायु परिवर्तनका कारणबाट भएको बाढी पहिरो लगायतबाट केहीवर्षबाट नेपालमाभएको मानवियतथाभौतिक क्षतिबाट गरिखाने श्रमिकवर्गमा पर्न गएको समस्या र उनीहरुको न्यायोचित रुपान्तरणका कुराहरु नेपालकातर्फबाट कुरा उठाउने बताए । उनले दुई दिने एशियाप्रशान्त क्षेत्रको सबै वरिष्ठ ट्रेड युनियन नेताहरु सम्मिलित बैठकको शुभकामना समेत दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो