१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका

२ कार्तिक २०८१, शुक्रबार १२:२९

काठमाडौँ | पार्टी सभापति रवि लामिछानेलाई सरकारले जतिबेला पनि पक्राउ गर्न सक्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले विपक्षी दलहरूको बैठकमा गुनासो गरेका छन् ।

शुक्रबार बिहान बसेको विपक्षी दलहरूको बैठकमा रास्वपाको नेताहरुले सरकारले लामिछानेलाई पक्राउ गर्न खोजिरहेको चर्चा गरे । बैठकमा रास्वपाका तर्फबाट ६ जना नेताहरु उपस्थित थिए ।


राजनीतिक पूर्वाग्रह राखेर पार्टी सभापतिलाई पक्राउ गर्न खोजिएको भन्दै गुनासो गरेका बैठकमा सहभागी नेताहरूले बताए ।

बिहीबार टीआरसीबारे छलफल गर्न बालुवाटारमा नेपाली कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरूको बैठक बसेको थियो । सो बैठकमा रवि लामिछानेबारे समेत छलफल भएको चर्चा भएको थियो ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै रास्वपा नेता विराजभक्त श्रेष्ठले निष्पक्ष अनुसन्धानलाई सघाउन सभापति लामिछाने तयार भए पनि पूर्वाग्रही व्यवहार स्वीकार्य नहुने बताए ।

उनले भने, ‘सभापतिजी अनुसन्धानमा सघाउन तयार हुनुहुन्छ । तर सरकारले पूर्वाग्रही ढङ्गबाट पक्राउ गर्न खोजेको छ । समात्न दाउ कुरिरहेको छ ।’

शुक्रबारको बैठकमा लामिछानेलाई पक्राउ गरेमा प्रतिवाद गर्नेबारे छलफल समेत भएको छ । बैठक आह्वानकर्ता नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि लामिछाने पक्राउ हुन सक्ने संकेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो