२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी

२०८१, २ कार्तिक शुक्रबार १७:४४

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको हो।


सहकारीको रकम अपचलन गरेको आरोपमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ।
सहकारी रकम अपचलन गरेको आरोपमा पूर्वडिआईजी छवि जोशी पक्राउ परिसकेका छन् भने गार्खा मिडियाका सञ्चालक जीबी राई फरार छन्।एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय विशेष छानबिन समितिले सहकारी रकम अपचलनसम्बन्धमा लामिछानेलाई दोषी ठहर गर्दै कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको थियो।
यही प्रकरणमा पूर्वडिआईजी जोशी ६ असोजमा पक्राउ परे पनि रास्वपा सभापति लामिछालाई भने प्रहरीले नियन्त्रणमा लिएको छैन।
यता लामिछाने पक्राउ पर्नसक्ने भन्दै रास्वपाका कार्यकर्ताहरू काठमाडाैँकाे बनस्थलीस्थित पार्टी कार्यालयमा जम्मा भएका छन्। सभापति लामिछाने पक्राउ पर्ने संकेत पाएसँगै रास्वपाले पार्टी कार्यालमा कार्यकर्ताहरूलाई जम्मा हुन सर्कुलर जारी गरेकाे थियाे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा