१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’

२ कार्तिक २०८१, शुक्रबार २३:२६

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले रास्वपा सभापति रवि लामिछानेको पक्राउ पर्नु राजनीतिक प्रतिशोध भएको टिप्पणी गरेका छन् । नेता राउतले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राउतले प्रतिशोध र निषेधको राजनीति भएको बताएका हुन् ।

उनले आफ्नो स्टाटसमा लेखेका छन्, ‘२१ सीट भएको नयाँ र राष्ट्रिय पार्टीका सभापति रविजीको अहिलेको पक्राऊलाई म प्रतिशोध र निषेधको राजनीतिको अलावा केही भन्न सक्दिन । यो सुनौलो भविष्य बोकेको कोपिलालाई निमोठिएको हो, भावी पुष्ताको स्वर्णिम भविष्यलाई भ्रूणमा नै हत्या गर्न खोजिएको हो । यो पक्राऊ राज्यद्वारा ‘फ्रेमिङ्ग’ गरिएको हो ।’

राउतले पछिल्लो दशकमा सरकारद्वारा ऐन-कानूनको दुरुपयोगबाट सर्वाधिक दमनको शिकार भएका मध्ये आफू पनि एक भएको उल्लेख गरेका छन् । उनले राज्यले चाहेमा हिँडिरहेको र सुतिरहेको मान्छेलाई पनि थुन्न सक्ने आफ्नो स्टाटसमा उल्लेख गरेका छन्  ।

‘पछिल्लो दशकमा सरकारद्वारा ऐनकानूनको दुरुपयोगबाट सर्वाधिक दमनको शिकार भएको मान्छे म दुई दर्जनभन्दा बढी पटक हिरासतरजेल जानु परेको मान्छे म । यहाँको ऐन कानून नै त्यस्तै छ कि राज्यले चाहेमा सडकमा हिँडिरहेको होस् कि घरमै सुतिरहेको जोसुकै, जस्तोसुकै निर्दोषलाई समातेर २५–५० दिन त अनुसन्धानको नाममा त्यस्तै हिरासतमा राखिदिन सक्छ, र अदालतले पछि उनलाई जतिसुकै निर्दोष साबित गरे तापनि राज्यले कुनै माफी समेत माग्नु पर्दैन’ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो