९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन, स्थिति तनावग्रस्त

४ कार्तिक २०८१, आईतवार १२:५५

कास्की | रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) का सभापति रवि लामिछानेको पक्राउको विरोधमा भइरहेको प्रदर्शनले पोखरामा तनावको अवस्था सिर्जना गरेको छ। प्रदर्शनले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले महानगरका मुख्य क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

प्रदर्शनकारीहरूले निषेधाज्ञा उल्लङ्घन गर्दै शहीदचोक र आसपासका क्षेत्रमा विरोध प्रदर्शन जारी राखेका छन्। रास्वपाका नेता, कार्यकर्ता, र समर्थकहरू अदालत परिसरअघि भेला भएपछि प्रहरी र प्रदर्शनकारीबीच ठेलमठेलको स्थिति सिर्जना भएको हो। जनपथ र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति शान्ति सुरक्षा कायम गर्न परिचालित गरिएको छ।

रास्वपाले प्रदर्शन शान्तिपूर्ण हुने बताउँदै, जनतालाई आफ्ना विचार राख्न दिने माग गरेको छ। तर प्रदर्शन उग्र हुँदै गएपछि प्रहरीले कडाइ गर्न थालेको छ।

रविलाई कारवाहीको माग गर्दै सहकारी पीडितहरूले पनि आज प्रदर्शनको तयारी गरेका छन्। सहकारी र रास्वपा पक्षको प्रदर्शनले सुरक्षा चुनौती बढ्नसक्ने भएकाले प्रशासनले विशेष सतर्कता अपनाएको छ।

प्रमुख निषेधित क्षेत्रहरू
जिल्ला प्रशासन कार्यालय कास्कीले शहीदचोक वरपरका संवेदनशील क्षेत्रमा निषेधाज्ञा लागू गरेको छ। निषेधाज्ञा क्षेत्रहरू यस्ता छन्:

पूर्व: वाई चोक र उत्तरपूर्वतर्फ मिलनचोक
पश्चिम: फिस्टेल गेट (वैदाम)
उत्तर: मालपोत कार्यालय, कास्की
दक्षिण: मुस्ताङ चोक र पर्यटन बोर्डको कार्यालय (ड्यामसाइड)

प्रशासनले थप हिंसा र क्षति रोक्न कडा निगरानी गरिरहेको छ। प्रदर्शन शान्तिपूर्ण बनाउन दुवै पक्षलाई संयमित रहन सुरक्षा अधिकारीहरूले अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता