२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ?

२०८१, ४ कार्तिक आईतवार १७:३६

काठमाडौँ | गृहमन्त्री रमेश लेखकले संयमित भएर काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

प्रहरीले संयमित, सरल, सहज, इमानदार भएर आम नागरिकको सेवा प्रदान गर्ने काम गर्नुपर्ने गृहमन्त्री लेखकको भनाई थियो । उनले अपराध गरेकाहरूलाई पनि प्रहरीमाथि आक्रमण गर्ने प्रयास नगर्न सचेत गराए ।

आफूले गल्ती गर्ने, अनि प्रहरीसँग जाईलाग्ने, झगडा गर्ने वा आफूले भनेको ठिक हो भन्न ढंगले कसैले पनि अघि बढ्न नहुने गृहमन्त्री लेखकले स्पष्ट पारे । आइतबार काठमाडौँ उपत्यका ट्राफिक कार्यालयमा ट्राफिक भाइलेन्स रेकर्ड सिस्टमको शुभारम्भ गर्दै उनले गल्ती गर्नेहरूलाई सम्र्झाइबुझाई काम गर्न निर्देश गरे ।

ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनमा लागि विद्यालय तहमा बढी जोड दिएर सचेतना कार्यक्रमलाई अघि बढाउन आवश्यक भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले त्यस काममा लाग्न पनि सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए ।

उनले भने ‘प्रहरीले संयमित भएर, सरल भएर, सहज भएर इमानदार भएर नागरिकको, व्यक्तिको सेवा गर्ने र सेवा प्रदान गर्ने काम गर्नुपर्दछ । मैले यो आग्रह गरेँ । अर्को कुरा अन्याय गर्ने मानिसले पनि अन्याय गरिहाल्ने, त्यसपछि झगडा गर्न आउने काम पनि गर्नुहुन्न । अन्याय गरेको छ, अपराध गरेको छ भने देशको कानुनले, पद्धतिले, प्रक्रियाले त्यसको अनुसन्धान हुन्छ । छानबिन हुन्छ । हेर्नुपर्ने निकायहरूले हेर्दछन् । त्यसलाई गलत काम गर्ने मानिसले पनि त्यही ढंगले हेर्नुपर्दछ । आफू गल्ती गर्ने, अनि प्रहरीसँग जाईलाग्ने, झगडा गर्ने अथवा मैले भनेको कुरा ठिक हो भन्ने ढगले जानुहुन्न । ट्राफिकमा पनि म त्यो देख्छु, कहीँ प्रहरीको कमजोरी हुन्छन् । त्यस्तो गर्ने मानिसलाई पनि सम्झाईबुझाई गरेर प्रहरीले ठिक ढंगले सेवा दिनुपर्दछ । त्यसो भएको हुनाले म के आग्रह गर्न चाहन्छु भने यो ट्राफिक प्रहरीको बारेमा पनि ट्राफिक रुल्सहरुको बारेमा, नियमहरूको बारेमा सचेतना गर्न पनि जरुरी छ । तपाईँहरूले यसलाई विद्यालयसँग पनि जोड्नुभएको छ । यसलाई थप विद्यालयसँग जोड्दै जानुपर्दछ भन्ने मलाई लाग्दछ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह