१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले

५ कार्तिक २०८१, सोमबार १३:५२

काठमाडौं | सांसद प्रेम आलेले नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) परित्याग गरेको घोषणा गरेका छन्। उनले अब कुनै पनि दलमा जाने सोच नराखेको र आफू तटस्थ रहेको बताएका छन्।

आलेले भने, “म अहिले एमालेमा पनि जाँदिनँ, कांग्रेसमा पनि जाँदिनँ। मैले नेकपा एस छाडेको छु। त्यहाँको महाधिवेशन पनि बहिष्कार गरेको छु। म नेकपा एसमा अब रहन्नँ।”

उनले एमालेमा फर्कने चर्चा हुँदै आएको विषयप्रति आपत्ति जनाउँदै प्रष्ट पारे, “एमालेमा कुनै हालतमा गइन्नँ। त्यो पार्टी छाडेर फेरि फर्कने कुरा नै हुँदैन।”

आफू एक्लै रहेको जनाउँदै आलेले अन्य नेताहरूको भविष्यबारे आफूलाई जानकारी नभएको बताए। नेकपा एसमा माधवकुमार नेपालसँग काँध थापेका नेताहरू रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ, र शेरबहादुर कुँवर अहिले पार्टीसँग असन्तुष्ट रहेको चर्चा छ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एसलाई लक्षित गर्दै राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेको भनिएको छ। अध्यादेशको सन्दर्भमा हिजो कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले नेतृत्वबीच छलफल भएको बताइन्छ।

आलेको तटस्थताको घोषणासँगै नेकपा एसभित्रको असन्तुष्टि र विभाजन झन् गहिरिने संकेत देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो