२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले

२०८१, ५ कार्तिक सोमबार १३:५२

काठमाडौं | सांसद प्रेम आलेले नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) परित्याग गरेको घोषणा गरेका छन्। उनले अब कुनै पनि दलमा जाने सोच नराखेको र आफू तटस्थ रहेको बताएका छन्।

आलेले भने, “म अहिले एमालेमा पनि जाँदिनँ, कांग्रेसमा पनि जाँदिनँ। मैले नेकपा एस छाडेको छु। त्यहाँको महाधिवेशन पनि बहिष्कार गरेको छु। म नेकपा एसमा अब रहन्नँ।”

उनले एमालेमा फर्कने चर्चा हुँदै आएको विषयप्रति आपत्ति जनाउँदै प्रष्ट पारे, “एमालेमा कुनै हालतमा गइन्नँ। त्यो पार्टी छाडेर फेरि फर्कने कुरा नै हुँदैन।”

आफू एक्लै रहेको जनाउँदै आलेले अन्य नेताहरूको भविष्यबारे आफूलाई जानकारी नभएको बताए। नेकपा एसमा माधवकुमार नेपालसँग काँध थापेका नेताहरू रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ, र शेरबहादुर कुँवर अहिले पार्टीसँग असन्तुष्ट रहेको चर्चा छ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एसलाई लक्षित गर्दै राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेको भनिएको छ। अध्यादेशको सन्दर्भमा हिजो कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले नेतृत्वबीच छलफल भएको बताइन्छ।

आलेको तटस्थताको घोषणासँगै नेकपा एसभित्रको असन्तुष्टि र विभाजन झन् गहिरिने संकेत देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह