१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रवि लामिछानेको बयान सुरू

५ कार्तिक २०८१, सोमबार १५:३३

काठमाडौँ | सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको बयान सुरु भएको छ । शुक्रबारबाट कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेको बयान प्रहरी अधिकृत र सरकार वकिलले लिन सुरु गरेका हुन् ।

सर्वसाधारण निक्षेपकर्ताले विभिन्न सहकारी संस्थामा जम्मा गरेको रकम अपचलन प्रकरणमा रास्वपा सभापति लामिछाने गत शुक्रबार वनस्थलीस्थित पार्टी कार्यालयबाटै पक्राउ परेका थिए । मुद्दा कास्कीको भएकाले थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । हिजो आइतबार उनलाई हिरासतमै राखेर अनुसन्धान गर्नका लागि जिल्ला अदालत कास्कीबाट प्रहरीले ६ दिनको म्याद लिएको छ ।

लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै रास्वपा भने विरोधमा उत्रिएको छ । रास्वपाले शनिबारबाट काठमाडौं, पोखरा र चितवनमा प्रदर्शन गरिरहेको छ । रास्वपाका सांसदहरु हरि ढकाल, डोलप्रसाद अर्याल, डा. स्वर्णिम वाग्ले, मनिष झा, डा. तोसिमा कार्कीलगायत यतिबेला पोरखामा रवि लामिछानेको रिहाइका लागि प्रदर्शन, कोण सभा लगायतका गतिविधिमा संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो