९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड

५ कार्तिक २०८१, सोमबार १७:४६

काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले भुटानी शरणार्थी काण्डका आरोपित समातिन थालेपछि आफ्नो सरकार ढालिएको बताएका छन्।

प्रेस सेन्टर नेपाल जुम्लाले कनकासुन्दरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले भ्रष्टाचारविरुद्ध कडा कदम चालेपछि सरकार ढालिएको बताएका हुन्।

‘मेरो नेतृत्वको सरकारले भ्रष्टाचारविरूद्व कडा कदम चाल्यो। धमाधम भ्रष्टाचारी पक्रिन थाल्यो। भुटानी शरणार्थी काण्डका आरोपित समातिन थालेपछि सरकार ढालियो। त्यसले बुढानिलकण्ठ र बालकोट डराए । रातारात सरकार ढालियो,’ उनले भने।

वर्तमान सरकार उल्टो दिशामा हिँडिरहेको आरोप लगाउँदै प्रचण्डले संसारभर कतै पनि दुई ठुला दल मिलेर सरकार बनाएको इतिहास नभएको बताए। उनले भने, ‘दुई ठुला दल मिलेपछि तेस्रो दल सरकारबाट बाहिएको हो, लोकतन्त्रमा यस्तो हुदैन। अन्य देशमा पनि दुई ठुला दल मिलेको ईतिहास छैन।’

ओली सरकारले रवि लामिछानेलाई हतारमा पक्रेको भन्दै उनले दोषी उम्काउन खोजेको आरोप लगाए। प्रमाणित भ्रष्टाचारीबाट जग्गादान लिने ओलीको नियत जनताले मूल्यांकन गरिरहेको उनको दाबी छ।

फरक प्रसंगामा पूर्वप्रधानमन्त्री प्रचण्डले कर्णाली आफ्नो प्राथमिकतामा रहेको दाबी गरे। नाग्म नाक्चेनाग्ला सडकलाई रणनीतिक रूपमा अघि बढाउने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो