२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड

२०८१, ५ कार्तिक सोमबार १७:४६

काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले भुटानी शरणार्थी काण्डका आरोपित समातिन थालेपछि आफ्नो सरकार ढालिएको बताएका छन्।

प्रेस सेन्टर नेपाल जुम्लाले कनकासुन्दरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले भ्रष्टाचारविरुद्ध कडा कदम चालेपछि सरकार ढालिएको बताएका हुन्।

‘मेरो नेतृत्वको सरकारले भ्रष्टाचारविरूद्व कडा कदम चाल्यो। धमाधम भ्रष्टाचारी पक्रिन थाल्यो। भुटानी शरणार्थी काण्डका आरोपित समातिन थालेपछि सरकार ढालियो। त्यसले बुढानिलकण्ठ र बालकोट डराए । रातारात सरकार ढालियो,’ उनले भने।

वर्तमान सरकार उल्टो दिशामा हिँडिरहेको आरोप लगाउँदै प्रचण्डले संसारभर कतै पनि दुई ठुला दल मिलेर सरकार बनाएको इतिहास नभएको बताए। उनले भने, ‘दुई ठुला दल मिलेपछि तेस्रो दल सरकारबाट बाहिएको हो, लोकतन्त्रमा यस्तो हुदैन। अन्य देशमा पनि दुई ठुला दल मिलेको ईतिहास छैन।’

ओली सरकारले रवि लामिछानेलाई हतारमा पक्रेको भन्दै उनले दोषी उम्काउन खोजेको आरोप लगाए। प्रमाणित भ्रष्टाचारीबाट जग्गादान लिने ओलीको नियत जनताले मूल्यांकन गरिरहेको उनको दाबी छ।

फरक प्रसंगामा पूर्वप्रधानमन्त्री प्रचण्डले कर्णाली आफ्नो प्राथमिकतामा रहेको दाबी गरे। नाग्म नाक्चेनाग्ला सडकलाई रणनीतिक रूपमा अघि बढाउने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह