२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन

२०८१, ६ कार्तिक मंगलवार १२:५२

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूसँगको बैठकमा आफूलाई तानाशाहीको आरोप लगाइएको भन्दै कुनै प्रतिशोधको भावना नरहेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत् राजनीतिक सल्लाहकार विष्णु रिमालमार्फत् आफ्नो भनाइ प्रकट गरेका छन्।

ओलीले रवि लामिछानेमाथि कुनै प्रतिशोध नसाँधेको बताएका छन् र संसदीय छानबिन समिति गठन नगर्न सुझाव दिएका थिए। “मलाई कुनै प्रतिशोधको राजनीतिक गर्नु छैन। मेरो कसैसँग दुराभाव छैन। मैले त व्यक्ति तोकेर संसदीय छानबिन समिति गठन नगरौँ भनेको थिएँ,” उनले भने।

प्रधानमन्त्री ओलीले आफूलाई तानाशाहीको आरोप लगाइएको भए पनि थप तिक्तता नहोस् भनेर कुनै जवाफ नदिएको बताएका छन्। उनले भने, “अहिले कतिपय ठाउँमा मलाई तानाशाह भनेर अवाञ्छित गालीगलौज गरिएको छ। थप तिक्तता नहोस् भनेर मैले कुनै जवाफ दिएको छैन।”

यसैबीच, उनले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने योजना नभएको पनि स्पष्ट गरेका छन्। “विगतमा नेकपा एमालेलाई विभाजन गर्न अध्यादेश ल्याइएकाले साथीहरुलाई त्यसै गर्न लाग्यो कि भन्ने परेको हुन सक्छ। तर अहिले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने हाम्रो योजना छैन,” ओलीले थपे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा