२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद

२०८१, ६ कार्तिक मंगलवार १६:०५

काठमाडौँ | नेकपा एमालेनिटक प्रवासी नेपाली मञ्चका उपसचिव तथा प्रचार विभाग प्रमुख चानक पोखरेलले सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेको भन्दै सरकारलाई धन्यवाद दिएका छन् ।

पोखरेलले सहकारी ठग्ने कोही कसैलाई पनि शक्तिको आडमा उन्मुक्ति दिन नहुने भन्दै कानून अनुसार कारबाही हुनुपर्ने बताएका छन् । पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई धन्यवाद दिएका छन् ।

पोखरेलले पूर्व गृहमन्त्रीहरू कृष्णबहादुर महरा, बालकृष्ण खान, खुमबहादुर खड्का गोविन्दराज जोशी आदी जेल परेको स्मरण गराउँदै रवि लामिछने पक्राउ पर्दा रास्वपाका कार्यकर्ताले स्टनबाज गरेको र सरकारलाई चुनौती दिएको भन्दै आपत्ति जनाएका छन्। उनले जसरी पनि सहकारी पीडितलाई न्याय दिन र ठगहरुलाई कारबाही गर्न सरकारसमक्ष माग गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह