९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु”

७ कार्तिक २०८१, बुधबार १२:१८

काठमाडौँ | पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सूर्यदर्शन बचत तथा ऋण सहकारीबाट आफूले कुनै ऋण नलिएको स्पष्ट पारेका छन्। लामिछानेलाई सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा पक्राउ गरिएको थियो। सोमबार र मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीमा भएको बयानका क्रममा लामिछानेले सहकारीसँग आफ्नो कुनै सम्बन्ध नरहेको र आफूले ऋण नलिएको बताए।

उनले भने, “मेरो नाममा कुनै ऋण प्रवाह भएको छैन। सूर्यदर्शन सहकारीको सेयर सदस्य वा ऋणी म होइन। न त सहकारीको कुनै समितिमा मेरो सहभागिता छ।” लामिछानेले आफ्नो नामबाट गोर्खा मिडिया नेटवर्कको खातामा ऋणको निकासा भएको आरोप पनि अस्वीकार गरे।

गोर्खा मिडिया नेटवर्कका निर्देशक रहेका लामिछानेले ग्यालेक्सी फोरके टिभीमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालन गर्न अनुरोध आएपछि आफूले १ करोड ८० लाखको सेयर लिएको बताएका छन्। यो सेयर पारिश्रमिकको रुपमा कट्टा गर्ने सर्तमा लिएको उनको बयानमा उल्लेख छ।

लामिछानेले गोर्खा मिडियाको आर्थिक कारोबार गितेन्द्रबाबु (जीबी) राईले गर्ने गरेको बताए। उनले थपे, “सहकारीबाट ऋण लिने, हिनामिना गर्ने वा अपचलनमा म संलग्न छैन। जब मैले कम्पनी छोडें, कुनै रकम पनि लिएको छैन।”

सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जीबी राईले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड रुपैयाँ अवैध रूपमा आएको संसदीय छानबिन समितिले निष्कर्ष निकालेको थियो। यसै प्रकरणमा लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशीलाई पनि पक्राउ गरिएको छ।

लामिछानेको गिरफ्तारीपछि रास्वपाका समर्थकहरूले पोखरा लगायत देशका विभिन्न स्थानमा प्रदर्शन जारी राखेका छन्। उनीहरूले निष्पक्ष छानबिन र भ्रष्टाचारविरुद्धको आन्दोलनका रूपमा यो मुद्दालाई अगाडि बढाइरहेका छन्।

संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्न र छानबिनलाई प्रभावित नगर्न पीडित पक्षले चेतावनी दिएको छ भने सहकारी पीडितहरूले यस विषयमा न्यायको माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं