९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री

७ कार्तिक २०८१, बुधबार १७:५३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी गर्ने व्यक्तिहरुमाथि कानूनी कारवाही अघि बढेको बताएका छन् ।

बुधबार आफ्नो कार्यकालका सय दिनको प्रमुख कार्य एवं उपलब्धिको विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले हालसम्म ६ सय भन्दा माथिलाई कानूनी कारवाही गरिएको बताएका हुन् ।

उनले भने, ‘कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारी उपर कानूनी कारवाही अगाडि बढाउने छु । जो सुकै भए पनि सहकारी ठगलाई कानूनी कारवाही गर्ने छौं । सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुलाई सरकारले कानूनी कारवाहीको दायरामा ल्याएको छ र ल्याउँदै छ । सहकारी ठगी गर्ने व्यक्तिहरुमाथि कानूनी कारवाही अघि बढेको छ । हालसम्म ६ सय भन्दामाथिलाई कानूनी कारवाही गरिएको छ । ५ सय ७५ भन्दा बढि त जेलमै छन् ।’

साथै, उनले सहकारी ठगहरुलाई कारवाही गर्ने मात्र नभई बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने समेत बताए । उनले यसका लागि सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधिकरण स्थापना गर्ने काम अघि बढेको बताए ।

उनले भने, ‘सहकारी ठगहरुलाई कारवाही मात्र गर्ने होइन बचतकर्ताको बचत फिर्ता गर्नको लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधिकरण स्थापना गर्ने काम संगसँगै अघि बढाइँदै छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं