९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा

८ कार्तिक २०८१, बिहीबार १३:४२

काठमाडौँ | सहकारी ठगी सम्बन्धी छानबिनका लागि बनेको संसदीय समितिका संयोजक सूर्य थापाले जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा हुनु लज्जास्पद भएको टिप्पणी गरेका छन् । निजको विषयमा समितिलाई पूर्वजानकारी रहेको थापाको भनाइ छ ।

हाल राष्ट्रपतिका कानूनी सल्लाहकार रहेका बाबुराम कुँवर सहकारी ठगीमा आरोपित जीवी राईको कोर टीममा व्यक्त रहेको खुलासा भएको थियो । यस विषयमा आज छानबिन समितिका संयोजक थापाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन् ।

छानबिन अवधिभित्रै यस्ता समाचार आएको भए आफूहरूलाई पनि सहयोग पुग्ने तर अहिले लगनपछिको पोते झैँ भएको उनको टिप्पणी छ ।

थापाले लेखेका छन्, ‘सहकारी ठग जीवी राईको कानूनी सल्लाहकार रहेको व्यक्ति सम्माननीय राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान देखिनु राष्ट्रकै लागि एउटा लज्जास्पद दृश्य हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो