काठमाडौं | म्याद थपका लागि अदालतमा उपस्थित गराइएका रास्वपाका सभापति रवि लामिछानेबारेको बहस सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा बहस सकिएको हो ।
सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका लामिछाने र पूर्वडीआईजी तथा रविकै तत्कालीन साझेदार छविलाल जोशीलाई समेत बिहीबार प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।
अदालतमा बहस सकिएपनि म्याद थपबारे आदेश भने नसकेको अदालतले जनाएको छ ।