काठमाडौँ । सत्तारुढ दलहरूको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयहरूमा छलफल हुने साथै मन्त्रीहरूको काम कारबाहीको समीक्षा बारे पनि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
त्यस्तै, विपक्षी दलहरूले घोषणा गरेको आन्दोलन, सुरक्षा र तिहार लक्षित सरकारको योजनाबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।