२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालेन लक्षित शंकर पोखरेलको टिप्पणी- र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न सक्दैनन्

२०८१, ९ कार्तिक शुक्रबार १५:०९

काठमाडौँ | नेकपा एमालेका महासचिव शंकर पोखरेलले विचारभन्दा लोकप्रियताका जगमा राजनीति चलेको बताएका छन् ।

अखिल नेपाल महिला संघ काठमाडौं जिल्ला कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले राजनीतिको दिशा नै गलत बाटोमा जाने स्थितिमा पुगेको बताए ।

‘लोकप्रियताको राजनीतिले अहिलेको समस्या समाधान गर्न सक्दैन, तर काठमाडौंको चुनावको परिणामले कुनै एउटा विधामा चर्चामा रह्यो भने राजनीति सफल भइन्छ भन्ने कुराका मान्यता अगाडि आयो’, उनले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)लाई लक्षित गर्दै भने, र्‍याप गाउँदागाउँदै मेयर भए भनेपछि राजनीति त एउटा क्षेत्रमा लोकप्रिय भए पुग्यो । समाजमा कुनै एउटा क्षेत्रमा लोकप्रिय व्यक्ति राजनीतिमा आउनुपर्छ भन्ने परेको छ । विचारको आधारमा होइन, लोकप्रियताको कसीमा राजनीति चल्छ, कुनै एजेण्डा चाहिँदैन । आज कसैको विरोध गर्‍यो भने मान्छे लोकप्रिय हुन्छ। विरोध समस्याको समाधान हो र ?’

काठमाडौंमा एमालेले नजित्दा आजको राजनीति नै गलत बाटोमा जान खोजिरहेको उनको भनाइ छ । उनले कुनै एउटा विधामा सफल हुनु भनेको राजनीतिमा सफल हुन्छ भन्ने नरहेको बताए ।

महासचिव पोखरेलले संगठित रुपमा राजनीति चल्ने भन्दै कुनै एक व्यक्तिले राजनीतिको सुधार गर्छ भन्ने कुरा कल्पनामात्रै भएको जिकिर गरे ।
उनले काठमाडौंमा हुने उपनिर्वाचनबाट विगतमा हुने गल्ती सच्याउनेगरी लाग्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह