९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली

१० कार्तिक २०८१, शनिबार १४:२३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालको बारेमा संसारलाई बुझाउन जरुरी रहेको बताएका छन् ।

शनिबार (राष्ट्रिय जलवायु सम्मेलन) २०८१ लाई सम्बोधन गर्दै उनले विश्व कल्याणका लागि भएपनि हिमालको बारेमा चासो दिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘आफ्नो पहिचान गर्नुपर्दछ तर सबैको विकास राष्ट्रिय एकताका साथ गर्नुपर्दछ । प्रकृति परिवर्तन भइरहन्छ, प्रकृति कहिले स्थिर रहँदैन । मान्छेले बनाएर जुन बिगारेको कुरा छ त्यसले वातावरणमा आएको क्षती मानवीय कमी कमजोरीका कारणले अथवा विकास, वातावरणको इको स्टिमलाई नोक्सान नपारिकन गर्नुपर्ने विकास वातावरणतिर ध्यान नदिँदा हाम्रोमा न विकास भएको छ । न त वातावरण नै बिग्रेको छ । स–साना पार्टिकल्स धुँवामा उड्छन् । ति पार्टिकल्स नुनिला पनि हुन्छन् । धुँवा र ति पार्टिकल्स दुईटै सँगै भएपछि हिमालमा ठोकिन्छ र हिउँ पग्लिन्छ । हिउँपर्ने ठाउँहरुमा बाटा खोल्नुपर्यो भने नुन छरेर बाटो खोल्नुपर्ने हुन्छ । जब बाटाहरु नुन छरेर खोलिन्छ तब एकैचोटि एसिड र नुन परेपछि हिमाल कसरी रहन्छ ? त्यसपछि सेता हिमाल काला भइहाल्छन् । त्यहीँ भएर जलवायु सम्बन्धी कर्तव्य निभाउन सकेका छैनौं तर हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ । विश्व कल्याणका लगि भएपनि हिमालको बारेमा चासो दिनुपर्ने छ ।’

साथै उनले नेपालले लगभग अन्तर्राष्ट्रिय फोरमहरुमा जलवायु सम्बन्धी लिड गरिरहेको बताए । उनले सबैभन्दा बढी सरकोरावाला, सबैभन्दा बढी प्रभावित र सबैभन्दा बढी असर पार्ने र असरलाई रोक्ने भूगोल नै नेपाल भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता