२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक उप्रेती छानबिनका लागि मन्त्रालय तानिए

२०८१, ११ कार्तिक आईतवार १३:२५

काठमाडौँ | वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीमाथि २० लाख घुस लिएको आरोप लागेपछि उनी छानबिनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा तानिएका छन्।

डेनमार्कको श्रम संयोजक बनाइदिने आश्वासनमा २० लाख रुपैयाँ लिएको आरोप लागेपछि मन्त्रालयले उनीविरुद्ध छानबिन गर्न उपसचिव शारदा राउतको नेतृत्वमा छानबिन समिति गठन गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उप्रेतीविरुद्धको उजुरीको कारबाही गर्न श्रम मन्त्रालयलाई पत्राचार गरेपछि छानबिन प्रक्रिया अघि बढाइएको हो।

मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाका अनुसार डेनमार्कका लागि अवैतनिक श्रम दूत बनाइदिने भन्दै उप्रेतीले २० लाख रुपैयाँ लिएको तर, त्यो जिम्मेवारी नदिएपछि पीडितले रसिदसहित उजुरी दिएर प्रधानमन्त्री कार्यालयमा कारबाहीको माग गरेका थिए।

उप्रेतीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको स्रोतले जनाएको छ। डेनमार्कमा अवैतनिक श्रम दूत बनाइदिने भन्दै घुस लिएको मात्रै नभएर वैदेशिक रोजगार बोर्डमा आफ्नो पारिवारिक व्यक्तिलाई अधिकृत स्तरको कर्मचारी नियुक्त गर्न निजी ल्यापटप नै प्रयोग गरी परीक्षा दिन लगाएको उप्रेतीमाथि आरोप छ ।

बोर्डले स्वीस हेल्भेटास (सामी परियोजना)को सहयोगमा ५ जना अधिकृत नियुक्त गर्दा कर्मचारी छनौट प्रक्रिया अपारदर्शी ढंग्ले गरेको तथा पारिवारिक व्यक्तिलाई समेत नियुक्ति दिलाएका समाचार आएका थिए ।

उप्रेतीले मन्त्रालयका महत्त्वपूर्ण कार्यक्रममा जानकारी बिना नै अनुपस्थित भएको, मन्त्रालयले दिएको निर्देशन अटेर गर्ने गरेको तथा बोर्डको जिम्मेवारी समेत पुरा गर्न नसकेको भन्दै मन्त्रालयले यस अघि नै स्पष्टीकरण सोधिसकेको छ । जसको जवाफ उप्रेतीले दिइसकेको मन्त्रालयले जनाएको छ ।

नेपाली काँग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा नेकपा (एकीकृत समाजवादी) का सचिव शेरबहादुर कुँवर श्रममन्त्री रहेका बेला उप्रेती २ वर्ष अघि २०७९ भदौमा बोर्डको कार्यकारी निर्देशक नियुक्त भएका थिए ।

२०७९ भदौमा तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवरको पालामा नियुक्त उप्रेतीले बोर्डका कार्यक्रमहरूमा सरोकारवाला नसमेटेर नेकपा (एकीकृत समाजवादी) निकट व्यक्तिहरूलाई सहभागी गराएको र भत्ता दिलाएको आरोप पनि लागेको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह