४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक उप्रेती छानबिनका लागि मन्त्रालय तानिए

११ कार्तिक २०८१, आईतवार १३:२५

काठमाडौँ | वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीमाथि २० लाख घुस लिएको आरोप लागेपछि उनी छानबिनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा तानिएका छन्।

डेनमार्कको श्रम संयोजक बनाइदिने आश्वासनमा २० लाख रुपैयाँ लिएको आरोप लागेपछि मन्त्रालयले उनीविरुद्ध छानबिन गर्न उपसचिव शारदा राउतको नेतृत्वमा छानबिन समिति गठन गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उप्रेतीविरुद्धको उजुरीको कारबाही गर्न श्रम मन्त्रालयलाई पत्राचार गरेपछि छानबिन प्रक्रिया अघि बढाइएको हो।

मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाका अनुसार डेनमार्कका लागि अवैतनिक श्रम दूत बनाइदिने भन्दै उप्रेतीले २० लाख रुपैयाँ लिएको तर, त्यो जिम्मेवारी नदिएपछि पीडितले रसिदसहित उजुरी दिएर प्रधानमन्त्री कार्यालयमा कारबाहीको माग गरेका थिए।

उप्रेतीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको स्रोतले जनाएको छ। डेनमार्कमा अवैतनिक श्रम दूत बनाइदिने भन्दै घुस लिएको मात्रै नभएर वैदेशिक रोजगार बोर्डमा आफ्नो पारिवारिक व्यक्तिलाई अधिकृत स्तरको कर्मचारी नियुक्त गर्न निजी ल्यापटप नै प्रयोग गरी परीक्षा दिन लगाएको उप्रेतीमाथि आरोप छ ।

बोर्डले स्वीस हेल्भेटास (सामी परियोजना)को सहयोगमा ५ जना अधिकृत नियुक्त गर्दा कर्मचारी छनौट प्रक्रिया अपारदर्शी ढंग्ले गरेको तथा पारिवारिक व्यक्तिलाई समेत नियुक्ति दिलाएका समाचार आएका थिए ।

उप्रेतीले मन्त्रालयका महत्त्वपूर्ण कार्यक्रममा जानकारी बिना नै अनुपस्थित भएको, मन्त्रालयले दिएको निर्देशन अटेर गर्ने गरेको तथा बोर्डको जिम्मेवारी समेत पुरा गर्न नसकेको भन्दै मन्त्रालयले यस अघि नै स्पष्टीकरण सोधिसकेको छ । जसको जवाफ उप्रेतीले दिइसकेको मन्त्रालयले जनाएको छ ।

नेपाली काँग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा नेकपा (एकीकृत समाजवादी) का सचिव शेरबहादुर कुँवर श्रममन्त्री रहेका बेला उप्रेती २ वर्ष अघि २०७९ भदौमा बोर्डको कार्यकारी निर्देशक नियुक्त भएका थिए ।

२०७९ भदौमा तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवरको पालामा नियुक्त उप्रेतीले बोर्डका कार्यक्रमहरूमा सरोकारवाला नसमेटेर नेकपा (एकीकृत समाजवादी) निकट व्यक्तिहरूलाई सहभागी गराएको र भत्ता दिलाएको आरोप पनि लागेको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ