९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गृहमन्त्रीलाई रास्वपा सांसदको आग्रह : लामिछाने भाग्दैनन्, बाहिरै राखेर अनुसन्धान होस्

१२ कार्तिक २०८१, सोमबार १४:४०

काठमाडौँ | सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई हिरासत बाहिर राखेर अनुसन्धान गर्न रास्वपाकी सांसद डा. चन्दा कार्कीले गृहमन्त्रीलाई आग्रह गरेकी छन्। सोमबार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा कार्कीले संसदीय छानबिन समितिमा लामिछानेले सबै कागजात र बयान दिइसकेका कारण हिरासतमा राखिराख्न आवश्यक नरहेको बताइन्।

गृहमन्त्री रमेश लेखकको उपस्थिति रहेको बैठकमा कार्कीले लामिछानेको हिरासतको विषयलाई न्यायसंगत र निष्पक्ष बनाउँदै उनलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न सकिने सम्भावनाबारे विचार गर्न विशेष आग्रह गरिन्। ‘संसदीय छानबिन समितिमा नै सबै कागजात र बयान दिइसकेको अवस्था हो, प्रमाण नष्ट गर्ने र भाग्ने अवस्था छैन,’ कार्कीले भनिन्।

लामिछानेलाई कास्की जिल्ला अदालतको अनुमति अनुसार हिरासतमै राखेर अनुसन्धान गर्न हालसम्म दुई पटक म्याद थप गरिएको छ। सांसद कार्कीले अदालतमा मुद्दा प्रवेश नगरेको अवस्थामा पनि उनलाई हिरासतमा राखिनुले अन्य राजनीतिक प्रतिशोधको आशंका गर्न सकिने बताउँदै गृहमन्त्रीलाई पुनर्विचार गर्न आग्रह गरिन्।

यसैबीच, लामिछानेमाथि राजनीतिक प्रतिशोध लिइएको भन्दै रास्वपाले काठमाडौँ र पोखरामा प्रदर्शन गरिरहेको छ। सांसद कार्कीले यस प्रदर्शन न्यायपालिकामाथि कुनै दबाब सिर्जना गर्ने उद्देश्यले नभएको स्पष्ट पार्दै विपक्षी दलहरूका नेताहरूमाथि मात्र कारबाही भइरहेको भन्दै अन्य राजनीतिक दलहरूलाई सचेत गराइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो