काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्यालले गृहमन्त्री रमेश लेखकसँग भेटेका छन्। सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर उपसभापति अर्यालले गृहमन्त्री लेखकलाई भेटेका हुन्।
हिजो साँझा गृहमन्त्रीलाई भेटेर आज पार्टीले गर्नलागेको कार्यक्रमबारे जानकारी गराएको उनले बताए।
उनले भने, ‘हामी आज बालुवाटारमा गर्न लागेको प्रदर्शनको कार्यक्रमबारे जानकारी गराउन भएको हुँ। हामीले शान्तिपूर्ण आन्दोलन गर्छौँ तपाईंहरुको तयारी के छ भनेर राखेर आएको हुँ।’
उनले यो बाहेक अरु कुनै कुराकानी नभएको बताए। रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ गरेको छ। सभापति लामिछाने पक्राउ गरेपछि रास्वपाले देशभर प्रदर्शन गर्दैछ। रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्दैछ।
रास्वपाले सभापति लामिछानेलाई सरकारले प्रतिशोध राखेर पक्राउ गरेको भन्दै रिहाइ गरेर बाहिरै राखेर अनुसन्धान गर्न माग गर्दै आइरहेको छ।