काठमाडौँ | नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले रास्वपा उपसभापति डीपी अर्याल र प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पार्टी सभापति रवि लामिछानेविरुद्धको मुद्दा फिर्ताको हारगुहार गरेको दाबी गरेका छन् ।
‘दिनभरि प्रधानमन्त्रीका विरूद्धमा व्यक्तिगत रूपमा गालीगलौज गर्ने, शव बनाएर दाहसंस्कार गर्ने जस्तो अशोभनीय काम गर्ने, नामै लिएर लाञ्छना लगाउने रास्वपाका साथीहरू राति/राति कुन मुख लिएर बालुवाटारमा कुरेर ‘रविजीलाई बचाइदिनुपर्यो लौ न’भनेर हारगुहार गर्दा हुन् ?’ रिजालले फेसबुकमा लेखेका छन् ।