२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

राजेन्द्र लिङदेनको दाबी- ठूला तीन दल भ्रष्ट, रास्वपा हावा

२०८१, १३ कार्तिक मंगलवार १४:१६

काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा नेपाली जनताले कांग्रेस, एमाले र माओवादी केन्द्रलाई पराजित गर्नुपर्ने बताएका छन्। मंगलबार कीर्तिपुर नगर कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै लिङदेनले ठूला दलहरूलाई भ्रष्टाचारको अभियोग लगाउँदै तिनीहरूले देशलाई बर्बाद पारेको जिकिर गरे।

लिङदेनले ठूला दललाई भोट दिएर देशलाई बिगार्ने काममा सहभागी हुन नहुने भन्दै जनतालाई सचेत रहन आग्रह गरे। उनले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘हावादारी पार्टी’ को संज्ञा दिँदै, यस पार्टीसँग देशलाई अघि बढाउने स्पष्ट योजना र अनुभवको कमी रहेको दाबी गरे।

“यो उपनिर्वाचनमा राप्रपाले नजितेर कसले जित्छ त? फेरि पनि कांग्रेस, एमाले, माओवादीलाई भोट दिने? यत्रो देश बर्बाद भयो। हावामा भोट दिएर फेरि बाँकी समय बर्बाद गर्ने?”, अध्यक्ष लिङदेनले प्रश्न गरे।

उनले राप्रपाले जितेका स्थानीय तहले सुशासन र विकासमा नमूनायोग्य काम गरेको भन्दै जनताले यसपटक राप्रपालाई साथ दिने विश्वास व्यक्त गरे। लिङदेनले राप्रपालाई मात्र भ्रष्टाचारविरोधी र सुशासनको पक्षधर पार्टीको रूपमा चित्रित गर्दै यसपटक जनतालाई सोचसमझ गरेर मतदान गर्न आह्वान गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा